logo

  • २७ बैशाख २०८२, शनिबार | Sat, 10 May 2025

  •      Listen Radio Live

    प्रथम ऐरावती खुल्ला ब्याडमिन्टन प्रतियोगिता संञ्चालन हुने

    प्रथम ऐरावती खुल्ला ब्याडमिन्टन प्रतियोगिता संञ्चालन हुने

    रविन विश्वकर्मा,प्युठान । ऐरावती गाउँपालिकामा प्रथम ऐरावती खुल्ला ब्याडमिन्टन प्रतियोगिता संञ्चालन हुने भएको छ । ऐरावती ब्याडमिन्टन समुहको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा कात्तिक १३ र १४ गते प्रतियोगिता संञ्चालन हुने भएको हो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमश नगद २५ हजार, १५ हजार, १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउँने छन् ।

    ऐरावती गाउँपालिकाको कवड हलमा २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको नियम अनुसार खेल खेलाइने आयोजकले जनाएको छ । ईच्छुक ब्यक्तिलाई प्रतियोगितामा सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ । पुरस्कार राशिमा नेपाल सरकारको नियम अनुसार करकट्टि समावेश गरी प्रदान गरिने छ ।



    mandavionline mandavionline    
  • ६ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP