रामकृष्ण लामिछाने । पर्वत जिल्लाको कुश्मा नगरपालिका, वडा नम्बर ९ स्थित कटुवाचौपारीमा रहेको आइबल एकेडेमीले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा ( एस. इ. इ.) उत्कृष्ट नतिजा ल्याउदै ऐतिहासिक सफलता प्पाप्त गरेको छ । एस इ इ मा शहभागी ७ जना बिद्यार्थि मध्ये सबै बिद्यार्थिलाइ उच्च अंकका साथ उत्रिण गराउदै ऐतिहासिक सफलता हात पारेको हो । एकेडेमिका कुशल अधिकारिले ४ जिपिए प्राप्त गरेका छन् । यस्तै अन्य बिद्यार्थिहरूले पनि ३.९५ देखी न्यूनतम ३.७९ जिपिए ल्यायर सत प्रतिसत उतिर्ण भयका छन् ।
बिद्यालयका प्रध्यानाध्यापक बिमल पौडेलका अनुसार ऐकेडेमिले अौषतमा ३.८८ जि पि ए ल्यायर गणडकी प्रदेशमै सर्वोत्कृष्ट बनेको छ । सफलताले थप साहस र नतिजाले थप चुनौति थपेको प्र.अ पौडेलले बताउनु भयो । उत्कृष्ट विद्यार्थी कुशल अधिकारीले आफुले निरन्तर मिहिनेत गरेको फल प्राप्त गरेको सुनाउदै उच्चशिक्षामा समेत यस्तै सफलतालाई दत्तचित्तका साथ अध्यायन गर्ने संकलप गरेका छन् ।
प्रतिक्रिया