logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    सदरमुकाम खलंगामा करदाता शिक्षा कार्यक्रम सम्पन्न

    सदरमुकाम खलंगामा करदाता शिक्षा कार्यक्रम सम्पन्न

    रविन विश्वकर्मा, प्यूठान । प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले हरेक नागरिकले राज्य प्रतिको दायित्व पुरा गनुपर्ने बताउनु भएको छ । प्यूठान उद्योग वाणिज्य संघ प्यूठानको आयोजना तथा करदाता सेवा कार्यालय चकचके प्यूठानको समन्वयमा “कर प्रणालीको सार, लगानीको आधार ” भन्ने मुल नाराका साथ १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा बिहिबार खलंगामा आयोजित कर दाता शिक्षा कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

    नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सबै प्रकृया पुरा गरी हरेक ब्यवसायी तथा आम नागरिकले ईमान्दारीताका साथ कर बुझाउनु पर्ने बताउनुभयो । अध्यक्ष नकर्मीले अझै पनि ब्यवसायी तथा आम नागरिक कर शिक्षाको बिषयमा अनविज्ञ रहेको उल्लेख गदै कर शिक्षा कार्यक्रमलाई जोड दिने बताउनुभयो । प्यूठान उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालय मार्फत जिल्लामा कर शिक्षा कार्यक्रमलाइ अगाडि बढाएको बताउनुभयो । तीन वटै कार्यालय तथा ९ वटै स्थानिय तहमा रहेका बजार इलाका लगायत अन्य सरोकारवाला निकायसंग समन्वय तथा सहकार्य गदै कर शिक्षा कार्यक्रमलाइ बस्ती तथा नागरिक स्तर सम्म पु¥याउन पहल गर्ने बताउनुभयो ।

    कार्यक्रममा आयकर, अन्तशुल्क , मुल्य अभिवृद्धिकर, मिसब्याच, आर्थिक बर्ष २०८०÷८१ ले छुट गरेका छुट सुविधा लगायत अन्य कर सम्बन्धि बिषयमा करदाता सेवा कार्यालय चकचके प्यूठानका सुचना अधिकारी हेतुराम पुनले प्रशिक्षण दिनुभयो थियो । यस्तै उद्योग तथा वाणिज्य फर्महरुको दर्ता तथा नविकरण, हालको अवस्था, यस क्षेत्रमा कार्यालयको सेवा प्रवाहको बिषयमा घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका सुचना अधिकारी चम्पक श्रेष्ठले जानकारी गराउनु भएको थियो । संघका महासचिव सन्देश आचार्यले बिषय बस्तुको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा कोषध्यक्ष झविन्द्र शर्माले मन्तब्य राख्नु भएको थियो ।

    प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी ब्यवसायी, बिद्यार्थी, संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संञ्चालन संघ का कार्यकारी प्रमुख प्रकाश खनालले गर्नुभएको थियो ।



    mandavionline mandavionline    
  • ६ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP