गत बर्ष एसइइ नतिजा कमजोर आएपछि देशैभर चर्चा कमाएको प्यूठानमा यस बर्षभने नतिजा सुधार भएको छ । गत बर्ष १२.२७ प्रतिशत मात्रै बिद्यार्थी उर्तिण हुदा ७७ जिल्ला मध्ये प्यूठान ७७ औं नम्वरमा परेको थियो । तर यो बर्षको एस इ इ नतिजामा उलेख्य सुधार भएको छ । एस इइ परिक्षामा प्यूठान जिल्लामा नियमित तर्फ ४८.८५ प्रतिशत बिद्यार्थी उर्तिण भएका छन् ।
गत चैतमा सम्पन्न एस इइ परिक्षामा प्यूठानबाट नियमित तर्फ ३ हजार ४६९ बिद्यार्थी परिक्षामा सहभागी भएका थिए । साधारण तर्फ ग्रडबृद्धि १ हजार २३६, प्राविधिक धार तर्फ १९६, र प्राविधिक ग्रेडबृद्धि परिक्षामा १९ जना परिक्षार्थी सहभागी थिए । यस्तै २०७८÷०७९ का २० जना ब्याज बिद्यार्थी पनि सहभागी भएको शिक्षा बिकास तथा समन्वय इकाइ प्यूठानले जानकारी दिएको छ ।
प्रतिक्रिया