बिजुवार । बृहद विजुवार साना शहरी खानेपानीको बुधबार हुने भनिएको निर्वाचनमा उम्मेदबारहरु सहभागि नहुने उपभोक्ता तथा सरसफाई संस्थाको बुधबार हुने भनिएको निर्वाचनमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका उम्मेदवारहरुले भाग नलिने भएकाछन् ।
उम्मेदवारहरुद्धारा मंगलबार प्रकाशित बिज्ञप्तिमा उल्लेखभए अनुसार संस्थाको बिधान १४ को उपभोक्ता समिति गठन १४.१ मा भए अनुसार ११ जनाको कार्यसमितिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता नभएको कारण देखाउदै उनिहरुले निर्वाचन प्रकृयामा भाग नलिने जानकारी गराएकाहुन ।
संस्थाको बिधान मिचेर निर्वाचन प्रकृया सुरु गरिएको कारण देखाउँदै उनिहरुले बिधान बमोजिम प्रकृया सुरुगर्न निर्वाचन अधिकृतलाई पनि ध्यानाकर्षण गराएकाछन् ।
बुधबार हुने भनिएको निर्वाच प्रकृयामा भाग नलिने उम्मेदाबारहरुमा भगबती खडका, हिमाल पौडेल, रमेश पौडेल र बावुराम श्रेष्ठ लगायतका रहेकाछन् ।
संस्थाको २०८१ चैत्र १६ गते बसेको २१ औं बार्षिक साधारणसभा तथा ८ औं अधिबेसनबाट निर्वाचन प्रकृया सुरु भएको हो ।
साथै निर्वाचन प्रकृयामा आफुहरु सहभागि नभएतापनि संस्थाले सञ्चालन गरेका महत्वपूर्ण कार्यहरुमा आफुहरु सहभागि हुने उम्मेदबारहरुद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया