शम्सेरबिक्रम जि.सी. प्यूठान,
नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ । चैत्र २४ गतेदेखी ३० गतेसम्म संघियताका बिरुद्ध आन्दोलनको कार्यक्रम तय गरिएको नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले बताए । संघियताका नाममा भष्ट्राचार, अनियमितता बढेको भन्दै संघियता खोरेजी अहिलेको अपरिहार्य रहेको बताए । ‘संघियता खर्चिलो भयो,उनले भने,‘देशको श्रोतले यसलाइ धान्न सक्दैन्, यसको खोरजी अपरिहार्य छ ।’
संघीयता नेपालका लागी खर्चिलो रहेको र त्यसलाई धान्न देशले नसक्ने भएकाले संघियता खारेजी अपरिहार्य रहेको उनले बताए । देशमा जातिय बिखण्डनको जोखिम रहेको बताउदै महामन्त्री सिंहले धर्म निरपेक्षताको संरक्षण, राष्ट्रिय अखण्डताको रक्षा गर्न आबश्यक रहेको बताए ।
बिहिवार जुम्रिमा पार्टी जिल्ला समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले देश टुक्राउने र जातिय तथा क्षेत्रीय विखण्डन ल्याउने संघीयता नेपालीको एजेन्डा नभएको दावी गरे । ‘संघीयता देश र जनताको आबश्यकता होइन्।’ ,उनले भने, ‘संघीयता विदेशीको दवावमा आएको र जनताको मत बिपरित हो। ’
देशको नेतृत्व गर्ने ठुला दलहरु राष्ट्रियताको रक्षाका लागी नभइ सत्ता बचाउनमा केन्द्रित भएको आरोप लगाए । काग्रेस, एमाले, माओबादी लगाएतका ठुला दलहरुनै सत्ता केन्द्रि हुदा देशको सार्वभौमिकता, अखण्डतामा जोखिममा परेको बताए । ‘ठुला दलहरु भष्ट्राचारमा लिप्त भए,‘मन्त्री नेताहरु भष्ट्राचारमा मछिदा देशमा शुसासन पनि हराएको छ ।’
पार्टी जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्री, जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया