logo

  • ५ असार २०८२, बिहीबार | Thu, 19 Jun 2025

  •      Listen Radio Live

    राजवादीकाे प्रदर्शन र आगजनीमा २ को मृत्यु तथा ३५ जना घाइते

    राजवादीकाे प्रदर्शन र आगजनीमा २ को मृत्यु तथा ३५ जना घाइते

    काठमाडाैँ । पूर्वराजाका सर्मथकहरूले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको हिंसाक प्रदर्शनका क्रममा भएको झडपमा दुइ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।

    गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिनुभयो ।

    “झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो”, सहसचिव रिजालले भन्नुभयो, “काठमाडौँका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन् ।” प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

    आन्दोलनका प्रमुख दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउनुका साथै शुक्रबारको आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने उहाँको भनाइ छ ।

    राजावादी समूहले तीनकुनेमा आगजनी गरेको घरमा जलेर एक जना पत्रकारको पनि मृत्यु भएको छ । उहाँ एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको जनाइएको छ ।



    mandavionline mandavionline    
  • १६ चैत्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP