logo

  • ३ असार २०८२, मंगलवार | Tue, 17 Jun 2025

  •      Listen Radio Live

    एमाले र राप्रपा छाडेर कांग्रेसमा प्रवेश

    एमाले र राप्रपा छाडेर कांग्रेसमा प्रवेश

    १३ जेठ २०८२, प्युठान ।  प्युठानमा एक विशेष समारोहका बीच दुई नेताहरूले यसअघि आबद्ध पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा एमाले प्युठान नगरपालिका–१ का वडा कमिटी उपाध्यक्ष तथा भूतपूर्व प्रहरी सैनिक संगठनका केन्द्रीय सदस्य जगत बहादुर धामी र राप्रपा प्युठान नगरपालिका–२ का जिल्ला समिति सदस्य गोपाल रावतले आ–आफ्ना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो।

    उहाँहरूको पार्टी  प्रवेश कार्यक्रममा लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका युवा नेता माननीय रोज राणाले दुबै नेतालाई पार्टीमा स्वागत गर्नुभयो। उहाँले पुष्पगुच्छा र माला लगाएर स्वागत गर्दै भन्नुभयो, “नेपाली कांग्रेस सबैलाई अँगाल्ने, लोकतन्त्र र विकासको पक्षमा उभिएको पार्टी हो।”

    जगत बहादुर धामीले पार्टी परिवर्तनको कारण बताउँदै भन्नुभयो,“अबको बाटो नेपाली कांग्रेससंगै हिँड्नुपर्छ भन्ने महसुस भयो;कांग्रेसको नीति, विचार र नेतृत्वप्रति भरोसा राखेर प्रवेश गरेको हुँ।”

    त्यसैगरी गोपाल रावतले भन्नुभयो, “राष्ट्रको हितका लागि अब नेपाली कांग्रेसमा लागेर काम गर्ने संकल्प गरेको छु।” कार्यक्रममा कांग्रेसका स्थानीय नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो।



    mandavionline mandavionline    
  • १४ जेष्ठ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP