प्यूठान। प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा बुधबार संघको सभाहल खलङ्गामा ‘हाम्रो अभियान स्वच्छ र सुरक्षित प्यूठान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाको समग्र सरसफाइ, जनस्वास्थ्य सुरक्षा तथा बजार व्यवस्थापनलाई कसरी थप प्रभावकारी र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भएको छ।
प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर योगीको प्रमुख आतिथ्यता तथा प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियामा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्का र नव आगन्तुक सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ता तथा सहभागीहरूले एकै स्वरमा स्वच्छ, सुरक्षित र व्यवस्थित प्यूठान निर्माणका लागि कुनै एक निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै स्थानीय तह, जिल्ला प्रशासन, उद्योगी-व्यवसायी तथा आम नागरिकबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको कुरामा विशेष जोड दिएका छन्।
प्रतिक्रिया