प्यूठानका स्थानिय तहहरुले करिव ५ अर्ब रुपैया बराबरको बजेट ल्याएका छन् । ९ स्थानिय तह रहेको प्यूठानमा ९ वटै पालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी ४ अर्ब ८८ करोड, ८९ लाख ७४ हजार १३९ रुपैया बराबरको बजेट ल्याएका हुन् । सबैभन्दा धेरै प्यूठान नगरपालिकाले ८९ करोड ८८ लाख १० हजार रुपैयाको बजेट ल्याएको छ । यस्तै स्वर्गद्धारी नगरपालिकाले ७२ करोड ४७ लाख ९९ हजार, गौमुखी गाउँपालिकाले ६४ करोड ४ लाख ७२ हजार, झिमरुक गाउँपालिकाले ६२ करोड १७ लाख ३१ हजार पाचसय, नौबहिनी गाउँपालिकाले ५६ करोड, ७९ लाख ३१ हजार ८ सय, ऐरावती गाउँपालिकाले ५२ करोड ९२ लाख ८० हजार, सरुमारानी गाउँपालिकाले ४६ करोड ९० लाख माण्डवी गाउँपालिकाले ४४ करोड ५१ लाख ४ हजार १३० र मल्लरानी गाउँपालिकाले सबैभन्दा कम ४१ करोड ३९ लाख ९ हजार ७०९ रुपैया बराबरको बजेट प्रस्तुत गरेका छन् ।
कृषि, पर्यटन र रोजगारी शृजनामा जोड दिएका स्थानिय तहहरुले लिफ्ट खानेपानी आयोजनाको बिद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने देखी स्थानिय करार कर्मचारी, बिद्यालय कर्मचारी लगाएको १० प्रतिशत तलव बृद्धि समेत गरेका छन् ।
प्रतिक्रिया