logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    अपराधिक गतिविधि कम सरुमारानीमा कानुनी सचेतना अभियान

    अपराधिक गतिविधि कम सरुमारानीमा कानुनी सचेतना अभियान

    रविन विश्वकर्मा, प्युठान । सरुमारानी गाउँपालिकाले “वडा स्तरीय कानुनी सचेतना अभियान” सुरु गरेको छ । गाउँपालिकाको न्यायिक समितिले पालिकाका सबै वडामा कानुनी सचेतना जगाउने भन्दै अभियान सुरु गरेको हो । अभियान अन्तर्गत आज पहिलो दिन सरुमारानी गाउँपालिका वडा नंम्बर ४ को केवरेपानी टोलमा “वडा स्तरीय कानुनी सचेतना सम्वन्धी अभिमुखिकरण ” सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ । बढ्दो अपराधिक गतिविधि, बाल विवाह, बहु विवाह, महिला हिंसा, कथित बोक्सीको आरोपमा महिला माथि भइरहेका दुव्र्यवहार लगायत अन्य अपराधिक गतिविधि कम गर्न कानुनी ज्ञान प्रदान गर्ने उद्धेश्यले कानुनी सचेतना अभियान संञ्चालन गरेको न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष बसन्ता खड्काले जानकारी दिनुभयो । अभियानको सुभारम्भ गदै उपाध्यक्ष खड्काले कानुनी सचेतनाको बिषयमा नागरिकहरु अफै पनि अनविज्ञ भएकाले बस्ती तथा वडा स्तरमा कानुनी सचेतना संञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । दण्ड सजाय तथा कानुनी ब्यवस्थाको बारेमा सुमदायका आम नागरिकहरुलाई जानकारी नहुँदा पनि समुदायमा बिभिन्न प्रकारका अपराधिक गतिविधि दिनानुदिन बढ्दै गएको बताउनुभयो ।

    उपाध्यक्ष खड्काले पछिल्लो समय बाल विवाह, बहु विवाह, महिला हिंसा,जबरजस्तीकरणी, हतया,हिंसा लगायतका गतिविधि बढ्दै गएको बताउनुभयो । अपराधीलाई समाजले संरक्षण गर्दा दिनदिनै यस्ता घटनाहरू बढ्ने भएकाले अपराधीलाई संरक्षण गर्न नहुनेमा जोडदिनु भयो । महिला बढि हिंसामा परेको उल्लेख गदै जति हिंसा सहेर बस्यो त्यतिनै हिंसा बढ्ने भएकाले कसैले पनि हिंसा सहेर बस्न नहुने उहाँको भनाई छ ।

    यस्तै ४ नंम्बर वडा अध्यक्ष चिन्त सोमै मगरले कानूनी सचेतना कार्यक्रम जीवन उपयोगी भएको बताउनुभयो । लागु पदार्थको सेवनले समाजमा अपराधिक गतिविधि बढ्दै गएको उल्लेख गदै यसको बिक्रि वितरण एव्म सेवनलाई ब्यवस्थित तथा नियन्त्रण गर्न सके अपराध न्युनिकरण्मा टेवा पुग्ने बताउनुभयो । वडा अध्यक्ष सोमै मगरले हनि ट्याप, विद्युतिय कारोबारमा ठगिधन्दा बढ्दै गएकाले यसतर्फ सबै सचेत बन्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा कानुनी सल्लाहकार कृष्ण प्रसाद आचार्यले नेपालमा लैङ्गिक हिंसा सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, नेपालमा लैङ्गिक हिंसाका प्रकृति र जोखिम, बाल विवाह, बहु विवाह, कथित बोक्सीको आरोप, जातीय विभेद, जबरजस्तीकरणी, हत्या, हिंसा लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।अध्यक्ष चिन्त सोमै मगरको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समिति सदस्य, ४ नंम्बर वडा सचिव जनक सुनार, टोल विकास संस्थाका पदाधिकारी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।



    mandavionline mandavionline    
  • २ फाल्गुन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP