logo

  • २ बैशाख २०८३, बुधबार | Wed, 15 Apr 2026

  •      Listen Radio Live

    बदेर ठानेर गोलि चलाउदा किशोरको ज्यान गयो, किशोरी घाइते

    बदेर ठानेर गोलि चलाउदा किशोरको ज्यान गयो, किशोरी घाइते

    जंगली जनावर बदेल ठानेर गोलि चलाउदा प्यूठानमा एक जनाको मृत्यू भएको छ । अर्का एक जना घाइते भएकी छन् । गौमुखी गाउँपालिका–४ सुँङगुरखालको जुपाल सामुदायिक वनमा गत चैत २९ गते राती भएको घटनामा नौंबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशिल परियारको गोलि लागेर मृत्यू भएको र उनीसंगै बसेकी गौमुखी गाउँपालिका–४ की १८ वर्षीया किशोरी घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी हरि भट्टराईका अनुसार घाइते किशोरीको लुम्बिनी सिटी हस्पिटल बुटवलमा उपचार भैरहेको छ ।
    खर्सुको रुखमुनी बसीरहेका उनीहरुलाई बदेल ठानेर टाढैबाट गोलि प्रहार गर्दा सुशिल परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । गम्भीर अवस्थामा फेला परेका परियार र किशोरीको उद्धारगरी जिल्ला अस्पताल पु¥याइएको थियो। त्यहाँबाट दुबैलाई थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल रिफर गरिएकोमा घाइते परियारको उपचारको क्रममा परियारको चैत ३० गते मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
    घटनास्थलबाट प्रहरीले मोवाइल फोन बरामत गरेपछि हत्यामा संलग्न भएको आरोपमा गौमुखी गाउँपालिका ४ खलावांगका २७ बर्षिय बिक्रम केसीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा अन्य तिनजना पनि घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिक्रम केसीका भाइ बिश्वास केसि, सोहि ठाउँका १९ बर्षिय रवि केसि र सोही ठाउँकै अर्का एक जना १५ बर्षिय बालकलाई नियन्त्रणमा ल्याएको प्रहरी निरिक्षक हरि भट्टराईले जानकारी दिए ।
    प्रहरीले लुकाएर राखेका दुई थान भरूवा बन्दुक मोवाइल फोन बरामद गरेको आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ । हत्यामा संलग्नलाई पक्राउ गरी जिल्ला अदालत प्यूठानबाट ५ दिनको म्यादथप गरी अनुसन्धान अघि बढाएको छ ।



    mandavionline mandavionline    
  • २ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP