रविन विश्वकर्मा,प्यूठान ।
६० औँ राष्ट्रिय बाल दिवस प्यूठानमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइएको हो । गौमुखि गाउँपालिकाले “अन्तर माध्यमिक बिधालय स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरी दिवस मनाएको छ । दिवसको अवसरमा “राष्ट्र निर्माणमा बिद्यार्थीहरुको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गौमुखि माविका संगिता गिरी प्रथम हुनु भएको छ ।यस्तै द्धितिय गौमुखि गाउँपालिका स्तरीय बाल संञ्जालका अध्यक्ष सुबास पुरी र तृतीय गौमुखि मावि कै इशा न्यौपाने हुनुभएको छ ।
प्रतियोगिताका प्रथम, द्धितिय तृतियलाई क्रमश नगद रु ८ हजार, ६ हजार ४ हजार सहित प्रमाण पत्र प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम पौडेलले जानकारी दिनुभयो । वडा तथा गाउँपालिका स्तरीय बाल संञ्जालबाट पनि सहभागिता हुने गरी प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत पौडेललेबताउनुभयो । प्रतियोगितामा ७ वटा मावि बिद्यालय, बाल क्लव, गाउँपालिका स्तरीय बाल संञ्जालबाट २१ जनाको सहभागिता रहेको थियो ।
स्वर्गद्धारी नगरपालिकाको जिमुरपाटामा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ । प्रतियोगितामा प्रथम बालतपस्वी वेद बिद्यालय गुरुकुलका अविनाश उपाध्याय, दोस्रो बालतपस्वी वेद बिद्यालय गुरुकुल कै नवराज रेग्मी, तेस्रो लोक चेतना एकेडेमीकी छात्रा स्मृति योगी , शान्त्वना उमामहेश्वरीकी छात्रा सलिना घर्ति र जनता माध्यमिक विद्यालय बर्जिवाङ्गकी छात्रा चन्द्री घर्ति मगर हुनुभएको छ । प्रतियोगिताका प्रथम, द्धितिय तृतिय र शान्त्वनालाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
स्वर्गद्धारी नगरपालिका वडा नम्बर ४, स्थित जिमुरपाटा सूचना प्रविधि पार्कमा सञ्चालन भएको माध्यमिक तहको कविता प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयका १९ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । नगर स्तरीय बाल संजालको आयोजनामा भएको कार्यक्रममा आर्थिक सहयोग स्वर्गद्धारी नगरपालिका महिला बालबालिका अपाङ्ग तथा ज्येष्ठ नागरिक शाखाले गरेको थियो भने सहकार्य फुलवारी एकीकृत ग्रामीण विकास संस्था नेपाल, कृषि तथा जीविकोपार्जन प्रवर्द्धन परियोजना, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले गरेका थिए ।
त्यस्तै मल्लरानी गाउँपालिका वडा नंम्बर ४ ले पनि बिद्यालय स्तरी कुर्सी दौड, हिसाब दौड र क्रिकेट प्रतियोगिताको आयोजना गरी दिवस मनाएको छ । जिल्लाका अन्य स्थानिय तह, वडा एव्म बिद्यालयहरुले पनि बिभिन्न कार्यक्रको आयोजना गरी दिवस मनाएका छन् । दिवसमा बालबालिकाहरुले बिभिन्न प्ले कार्ड,झाँकी सहित र्याली निकालेका थिए ।
नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । २०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।
प्रतिक्रिया