logo

  • २८ फाल्गुन २०८२, बिहीबार | Thu, 12 Mar 2026

  •      Listen Radio Live

    सडकको क्षेत्राधिकार भित्रका घर टहरा हटाउन झिमरुक गाउँपालिकाद्धारा आब्हान

    सडकको क्षेत्राधिकार भित्रका घर टहरा हटाउन झिमरुक गाउँपालिकाद्धारा आब्हान

    झिमरुक गाउँपालिका अन्र्तगत बतासेडाडा जिमुरखोला सडकखण्डको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउने बिषयमा सर्वपक्षिय छलफल आज झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ ।
    बतासेडाँडाँ, ज्याम्मुरखोला खण्डको सडक क्षेत्राधिकारको दायाँ वायाँ रहेका घर गोठ, टहरा र संरचना हटाउने बिषयमा स्थानिय, सरोकारवाला लगाएतको समन्वयात्मक बैठक सम्पन्न भएको हो । झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षमा बसेको बैठकले स्थानियसंग संरचना हटाउने बिषयमा सर्बसहमत निर्णय गरेको हो । सडकको क्षेत्राधिकारमा पर्ने संरचनाहरु हटाउन ३५ दिने सुचना जारी गर्ने र उक्त संरचनाहरु स्वयम जग्गाधनीले खै हटाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।


    सडक निर्माणको क्रममा सडकको क्षेत्राधिकार भित्र ७.५ मिटर दाँया र ७.५ बाँया मा रहेका घर, टहरा तथा अन्य संरचना हटाउन गाउँपालिकाले ३५ दिने सुचना जारी गरेको हो । गाउँपालिकाले १५ मिटर सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो ।
    गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रिका अनुसार सडक क्षेत्राधिकार भित्रका संरचना हटाउदा ३ जनाको घरबासै नभएको पाइएको र उनीहरुको उचित ब्यवस्थापन गाउँपालिकाले गर्ने बताउनु भयो । उक्त बिषयमा आगामी कार्यपालिका बैठकबाट निर्णय गरिने उहाको भनाई छ ।



    mandavionline mandavionline    
  • २८ फाल्गुन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP