नेपाली काग्रेस प्यूठानका तर्फबाट उमेदवार भएका डा. गोविन्दराज पाख्रेलले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि शभा सदश्य पदमा उमेदवार भएका पोख्रेलले निर्वाचन कार्यालय प्यूठानलाई निर्वाचनमा भएको खर्च बिवरण पेश गर्नुभएको थियो ।
पाख्रेलका अनुसार निर्वाचनमा २४ लाख ८० हजार २१५ रुपैया खर्च भएको छ । निर्वाचन कार्यालयमा बुझाएको पत्र अनुसार २ वटा सवारी २५ दिनसम्म संचालन गरेवापत ३ लाख ७५ हजार, हवाई खर्च ४ पटकको दुई जनाको ८० हजार, २६० जनालाई मतदाता प्रशिक्षण पालिकास्तरमा १ लाख ७५ हजार, ६४ वडामा प्रचारप्रसार ९ लाख ६० हजार, सम्पर्क कार्यालय खर्च जुम्रि र ६४ वडामा ६ लाख ४० हजार, प्रचार प्रसार सामाग्रिमा २ लाख ४० हजार र मनोनयन दर्ता गर्दा १० हजार गरी कुल २४ लाख ८० हजार २१५ रुपैया खर्च भएको विरण कार्यालयमा पेश गर्नुभएको छ ।

पोख्रेलले नेपाल इन्भेष्मेन्ट बैंक बिजुवार शाखामा खाता खोली निर्वाचन खर्च त्यसैबाट गरेको जानकारी दिनुभयो । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन आयोगले उमेदवारले निर्वाचनमा गर्ने खर्चका लागी छुट्टै बैंक खाता खोल्नुपर्ने बाध्यकारी निर्णय गरेको थियो ।
प्रतिक्रिया