आसन्न फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्यूठानमा नमुना अभ्यास गरिएको छ । महेन्द्र मावी खलंगामा जिल्ला प्रशासन कार्यालय प्यूठान र जिल्ला प्रहरी कार्यालय प्यूठानको सयुक्त आयोजनामा नमुना अभ्यासको आयोजना गरिएको हो । फागुन २१ गते हुने निर्वाचनमा मतदान केन्द्रको ब्यवस्थापन, मतदान प्रकृया, तथा मतदान स्थलको ब्यवस्थापन लगाएत बिषयमा नमुना अभ्यास गरिएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार मतदानका दिन हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर नमुना अभ्यास गरिएको हो ।

नमुना अभ्यासमा ससस्त्र प्रहरी वल प्यूठान र नेपाली सेना सहित स्थानिय, निर्वाचन प्रहरी, नेपाल प्रहरी लगाएतको उपस्थितीमा भएको नमुना अभ्यासमा भिड नियन्त्रण, निर्वाचनका समयमा हुन सक्ने झै—झगडा तथा होहल्ला ब्यवस्थापन तथा नियन्त्रण र फेला परेको संकास्पद बस्तुलाई निस्कृय कसरी पार्ने बिषयमा पनि नमुना अभ्यास गरिएको प्रहरी प्रमुख अधिकारीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी शान्तीराज पर्साइ, मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, सहाएक प्रमुख जिल्ला अधिकारी लगाएत तिनै तहका सुरक्षा अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया