प्युठान । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रा. डा. गोविन्दराज पोखरेलको नेतृत्वमा वडास्तरीय मतदाता भेटघाट अभियान सुरु गरेको छ। जिल्लाका नौवटै पालिकास्तरीय अगुवा कार्यकर्तासँग छलफलपछि कांग्रेसले दोस्रो चरणको कार्यक्रम बिहिबारदेखि सरुमारानी गाउँपालिका–१ स्थित दरभानबाट औपचारिक रूपमा प्रारम्भ गरेको हो।
अभियान अन्तर्गत सरुमारानी गाउँपालिका वडा नं १ अन्तर्गतका झिलिबाङ, कालीबन, छात्राबास, मिया चौपारीलगायत विभिन्न स्थानमा मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा स्थानीयको उल्लेखनीय तथा भव्य उपस्थितिले यसपटक प्युठानमा कांग्रेसको चुनावी माहोल थप उत्साहजनक बन्दै गएको बताइएको छ। “बदलिएको कांग्रेसले बदल्छ देश” भन्ने नारासहित अघि बढेको यो अभियानले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट कांग्रेसका उम्मेदवार प्रा। डा। गोविन्दराज पोखरेललाई आम मतदाताले विजयी गराउने विश्वास व्यक्त गरिएको कुरा नेपाली काँग्रेस प्यूठानका पुर्व सभापति अमरप्रसाद भण्डारीले बताउनुभएको छ ।
प्रतिक्रिया