logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    तरुण दल प्युठानद्धारा प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचितहरुलाई बधाइ ज्ञापन

    तरुण दल प्युठानद्धारा प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचितहरुलाई बधाइ ज्ञापन

    रविन विश्वकर्मा,प्युठान । नेपाल तरुण दल प्युठानले नेपाल प्रेस युनियनबाट नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ ज्ञापन तथा सम्मान गरेको छ । शनिवार होटल आयुष्मा जुम्री एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन तथा सम्मान गरेको हो । नेपाल पत्रकार महासंघको मङ्सिर २८ गते सम्पन्न अधिवेशनबाट नेपाल पत्रकार महासंघको जिल्ला शाखा प्युठानको अध्यक्षमा श्रीराम भण्डारी, उपाध्यक्षमा नर्मदा भट्ट, सदस्यहरुमा सागर रिजाल,बिमल प्रसाद पोख्रेल, रविन बि.क निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय परिषद सदस्यमा  भुवन सिंह र प्रदेश परिषद सदस्यमा केशव श्रेष्ठ निर्वाचित भएका हुन ।

    लुम्बिनी प्रदेशका सहरि बिकास तथा खानेपानि मन्त्री सरोज थापा ( रोज राणा ), लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ, नेपाल तरुण दल प्युठानका अध्यक्ष कृष्ण बस्याल लगायतका पदाधिकारीले अविर र खादा लगाइ बधाई ज्ञापन तथा सम्मान गर्नुभएको थियो ।

    युनियनबाट नेतृत्व गदै निर्वाचित हुने पत्रकारहरुलाई बधाइ दिदै लुम्बिनी प्रदेशका सहरि बिकास तथा खानेपानि मन्त्री सरोज थापा ( रोज राणा ) ले प्रेस जगतले लोकतन्त्र , बिधिको शासन र सामाजिक न्यायका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो । आफ्नो पाटिले लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा काम गरेको बताउदै सामाजिक सन्जालमा आउने मिथ्या समाचारले नागरिकमा भ्रम सृजना गरेकोबताउनुभयो । मन्त्री थापाले सत्य तथ्य सुचनामा आधारित रहि पत्रकारिता मार्फत आवाज बिहिन नागरिकका आवाजहरुलाई उठान गर्न आग्रह गर्नुभयो । पछिल्लोसमय पुराना पाटिहरुले केही काम गरेका छैनन् भन्ने जस्ता लगत भाष्यहरु आईरहेकाले यसबाट बिचलित नभई काम गरेर देखाउनुका साथै पाटिलाई मजबुत बनाउन पाटीका कार्यकर्ता,दरुण दल लगायत सम्बद्व संगठनलाई आग्रह समेत गर्नुभयो ।

    यस्तै प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले पत्रकारिता क्षेत्रको मूल्य, मान्यता, सिद्धान्त र आचारसहिंतालाई पालना गदै पत्रकारको आदर्श छबिलाई कहिल्यै झुक्न नदिने गरि नागरिकको आबाज बोल्ने र लेख्ने कुरामा जिम्मेवार रही दृढताका साथ अगाडी बढ्न सुझाव दिनुभयो ।

    अध्यक्ष श्रीराम भण्डारीले पत्रकार महासंघलाई वास्तविक पत्रकारको संस्थाको रुपमा उभ्याउन आफुहरुले विशेष प्राथमिकता दिने बताउनुभयो । श्रमजिवी पत्रकारका मुद्धा, सार्वजनिक चासो, सरोकारका विषय, सत्यको पक्षमा जनताको आवाज उठाउने, लेख्ने, बोल्ने र खबरदारी गर्ने बिषयमा कुनै कसुर बाँकि नराख्ने बताउनुभयो । अध्यक्ष भण्डारीले यो सम्मानले थप जिम्मेवार बनाएको उल्लेख गदै महासंघलाई नागरिक समाजको अगुवा संस्थाको रुपमा स्थापित गदै जिल्लाको विकास र समृद्धिका लागि एजुट भएर अगाडि बढ्ने बताउनुभयो ।



    mandavionline mandavionline    
  • २० पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP