logo

  • ११ मंसिर २०८२, बुधबार | Wed, 26 Nov 2025

  •      Listen Radio Live

    उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयद्धारा प्यूठानमा बजार अनुगमन

    उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयद्धारा प्यूठानमा बजार अनुगमन

    उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले प्यूठानका बिभिन्न स्थानका पसलहरुमा अनुगमन गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानसंगको समन्वयमा निर्देशनालयले जिल्लाका १४ बढि पसलहरुमा अनुगमन गरेको छ ।
    जिल्लामा उपभोक्ता हितसंरक्षण र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको हो । मसिर ८ गते मल्लरानी गाउँपालिकाको खलंगा बसपार्क र पार्टिचोकका ७ वटा होटल, पसलहरुमा अनुगमन गरिएको थियो भने मसिंर ९ गते मल्लरानी गाउँपालिकाको खलंगा क्षेत्र तथा प्यूठान नगरपालिकाको मरन्ठानाका ७ वटा पसल, होटल तथा उद्योगहरुमा अनुगमन गरिएको हो ।
    अनुगमनका क्रममा मुल्यसुचि नराखिएको, वस्तु तथा सेवाको गुणस्तर, मूल्यसूची, दर्ता, स्वच्छता, म्याद विवरण जस्ता विषयमा स्थलगत अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले जनाएको छ ।
    निर्देशनालयकी निर्देशक शारदा बस्याल बेल्वासेको संयोजकत्वमा अनुगमन गरिएको थियो ।



    mandavionline mandavionline    
  • ११ मंसिर २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP