नेपाली कांग्रेस प्यूठानका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार प्रा.डा.गोबिन्दराज पोखरेलले चुनावी कार्यक्रमको सुरुवात गर्नुभएको छ । आज प्युठान नगरपालिकामा अगुवा कार्यक्रता भेटघाट कार्यक्रम गर्दै चुनावी अभियानको सुरुवात गर्नुभएको हो ।
आगामि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदश्य निर्वाचनमा प्युठानबाट उम्मेदवार रहनुभएका पोख्रेलले आफ्नो चुनाबि बाचा सहित अगुवा नेता कार्यकर्ता सङ्गको भेटघाट थाल्नु भएको हो । आज प्युठान नगरपालिका ७ मा भेटघाट गर्नु भएको हो । पोखे्रलले आफु राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहदा थालनि गरेका बहुप्रतिष्ठित राष्ट्रिय आयोजनाको कार्यान्वयन, समयाअनुकुल कानुन निर्माण गरि युवाहरुलाइ ब्यबसायिक तालिम सङ्गै रोजगारिमा जोड्ने आफ्नो मुख्य बाचा रहने बताउनु भयो ।
कांग्रेस प्युठानको बिहिबार बसेको बैठकले चुनाबी कार्यक्रम स्थानिय तहका टोल बस्ति सम्म पुग्ने गरि तयार गरेको नेपाली कांग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरिले बताउनु भयो । ‘पालिका, वडा र बस्तीसम्म पुग्नेगरी योजना बनाएका छौ,’उहाले भन्नुभयो,‘निर्वाचनमा मतदाताका घरघर पुग्ने लक्ष्य छ।’
नेपाली काग्रेस प्यूठानले जिल्ला सभापतिको नेतृत्वमा १ सय ५१ सदस्य निर्वाचन परिचालन समिति गठन गरिएको छ । जिल्ला स्तरको समितीसंगै, क्षेत्रिय, पालिका, र वडा तथा बस्ती स्तरसम्म निर्वाचन परिचालन समिती गठन गरिएको हो ।
कांग्रेस प्युठानले यस पटक उमेदवार र जिल्लामा काग्रेसको उपस्थितीले मतदाता उत्साहित भएकाले निर्वाचनमा सबै मतदाताको सहयोग रहने बताएको छ ।
प्रतिक्रिया