रविन विश्वकर्मा,प्युठान । ऐरावती गाउँपालिकामा प्रथम ऐरावती खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । ऐरावती ब्याडमिन्टन समुहको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा आयोजना गरिएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले मंगलबार एक कार्यक्रमका बिच उट्घाटन गर्नुभएको हो । खेल उट्घाटन गदै अध्यक्ष शाहले खेल स्वास्थ्यको लागि आवश्यक रहेको बताउनुभयो । खेलले शारिरीक तथा मानसिक रुपमा स्वस्थ रहन सहयोग पु¥याउने भएकाले सबैले खेल खेल्ने बानीको विकास गनुपर्ने बताउनुभयो । खेल उट्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमलाल विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

ऐरावती गाउँपालिकाको कवड हलमा संञ्चालन भएको प्रतियोगितामा प्युठान,अर्घाखाँची दाङ लगायतका बाहिरी जिल्लाका गरि २४ टिमको सहभागिता रहेको ऐरावती ब्याडमिन्टन समुहका अध्यक्ष सुरज जिसीले जानकारी दिनुभयो । नेपाल ब्याडमिन्टन संघको नियम अनुसार खेल खेलाइएको हाँले बताउनुभयो । खेल भोलि कार्तिक १४ गते सम्म संञ्चालन हुने छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमश नगद २५ हजार, १५ हजार, १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउँने छन् । पुरस्कार राशिमा नेपाल सरकारको नियम अनुसार करकट्टि समावेश गरी प्रदान गरिने छ ।
प्रतिक्रिया