रविन विश्वकर्मा,प्युठान ।सरुमारानी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा आइतबारदेखि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । सरुमारानी गाउँपालिका २ दर्भान खेलमैदानमा भएको प्रतियोगिताको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माले एक कार्यक्रमका बिच पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शर्माले खेलकुद मार्फत राष्ट्रलाई चिनाउन सकिने बताउनुभयो । पछिल्लो समय खेलकुद प्रती आकर्षण बढ्दै गएकाले सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने बताउनुभयो । खेलकुदमा आकर्षण बढ्दै गएपनि खेलमैदान तथा प्रर्याप्त भौतिक संरचनाको अभावका कारण खेलमा सोचे जस्तो प्रगति हुन नसकेको बताउनुभयो । खेलाडिहरुको आत्मबल बढाउदै संघ प्रदेश र स्थानीय ३ तहका सरकारले खेल र खेलाडिको क्षमता अभिवृद्वि गर्न जोड दिनुभयो ।
त्यस्त प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले खेलकुदले बिद्यार्थीको क्षमता बिकास गर्न सहयोग पुग्ने बताउनुभयो । खेल सबैको लागि आवश्यक रहेको उल्लेख गर्दै बिद्यालयले खेलकुद संगसंगै शैक्षिक गुणस्तरमा पनि ध्यानदिनुपर्ने बताउनुभयो । प्रजिअ सुवेदीले २०८० सालको एसईईको नतिजा जिल्लामा एकदमै कमजोर देखिएकाले अबको एसईईमा उत्कृष्ट नतिजा ल्याउने गरि बिद्यालयलाई अगाडि बढन् आग्रह गर्नुभयो ।
यस्तै गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्घि संगै खेलकुद र खेलाडि उत्पादनमा पालिका लागि परेको बताउनुभयो । खेलमा आकर्षण बढाउन गाउँपालिकाले दर्भानमा आफ्नै लगानीमा ब्यवस्थित खेलमैदान निर्माण गरी समय समयमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिता संञ्चालन गर्दै आएको बताउनुभयो । अध्यक्ष विश्वकर्माले बिगतका बर्षहरुमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संञ्चालनले बिद्यालयको पढाइ प्रभावित भएकाले यस बर्ष पढाइलाई असर नगर्ने गरी प्रतियोगिता संञ्चालन गरेको बताउनुभयो । साथै प्रतिभा पहिचानको लागि गाउँगाउँ, बिद्यालयबाट खेलाडिको छनोट गर्दै खेल र खेलाडिको बिकासका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने प्रतिवद्वता जनाउनुभयो ।
प्रतियोगितामा छात्र,छात्राका लागि १६÷१६ विधाका खेलको आयोजना गरिएको सरुमारानी गाउँपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख पुष्पलाल शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा ससरुमारानी गाउँपालिका भित्रका ९ वटा सामुदायिक र २ वटा संस्थागत गरि ११ वटा आधारभुत तथा माध्यमिक विद्यालयको सहभागीता रहेको बताउनुभयो । कार्तिक ११ गतेबाट सुरु भएको खेलकुद प्रतियोगिता १४ गते सम्म संचालन हुने छ । गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माको प्रमुख आतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बसन्ता खडका ,जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख दिपेस बस्याल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, वडा अध्यक्ष, शिक्षक विद्यार्थी, लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया