logo

  • १४ चैत्र २०८२, शनिबार | Sat, 28 Mar 2026

  •      Listen Radio Live

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले नागरिकसँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    आज वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि पत्रकारसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले रास्वपाको नेतृत्वमा सरकार गठन हुँदा आफूलाई गर्वको महसुस भएको र अब वाचा कार्यान्वयतर्फ अघि बढेको बताउनुभयो ।

    उहाँले वाचापत्रमार्फत परिवर्तन ल्याउने बाचा नागरिकसँग गरेका स्मरण गर्दै त्यो जिम्मेवारी आफ्नो काँधमा आएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो पूरा गर्ने दायित्व र जिम्मेवारी हाम्रो काँधमा रहेको छ, मलाई विश्वास छ हामी त्यो जिम्मेवारी पूरा गर्छौँ ।”



    mandavionline mandavionline    
  • १३ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP