logo

  • २ फाल्गुन २०८२, शनिबार | Sat, 14 Feb 2026

  •      Listen Radio Live

    गौमुखी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

    गौमुखी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

    माण्डवी अनलाइन, प्युठान।
    गौमुखी गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच गौमखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरिले भवनको उद्घाटन गर्नुभएको हो ।

    २०८१ जेठ १४ गते ठेक्का सम्झौता भएर निर्माण सुरूभएको गाउँपालिकाको भवन निर्माणको काम निर्धारित समयभन्दा करिव ६ महिना अघिनै सम्पन्न भएपछि उद्घाटन गरिएको हो । मल्लरानी कन्स्टक्सन प्रालिले ६ करोड २३ लाख ५५ हजार २१२ रूपैयामा ठेक्का सम्झौता गरी निर्माण सुरू गरेको थियो ।

    प्रशासकिय भवन निर्माणको काम सम्पन्न भएसँगै गाउँपालिकाको सेवा प्रवाह समेत सुरू गरेको गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरिले जानकारि दिनुभयो । शभाहललाइ कार्यालय बनाएर सेवा प्रवाह भईरहेको बताउदै अध्यक्ष गिरिले अब सुबिधासम्पन्न भवनबाट गाउँपालिकाको एकिकृत सेवा सुरू भएको बताउनुभयो ।

    संघिय सरकारको ६० प्रतिशत र गौमुखी गाउँपालिकाको ४० प्रतिशत लागतमा निर्माण भएको भवनको २०८१ साउन १९ गते गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरिले शिलन्यास गर्नुभएको थियो। गाउपालिका उपाध्यक्ष महाबिर राना, प्रमुख प्रशासकिय अधिकृत घनस्याम अर्याल, वडाअध्यक्ष लगायत स्थानियको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।



    mandavionline mandavionline    
  • २९ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP