logo

  • ३ फाल्गुन २०८२, आईतवार | Sun, 15 Feb 2026

  •      Listen Radio Live

    माडीमा विकासको आशा जगाउँदै डा. पोख्रेल, स्वर्गद्वारी अन्तर्राष्ट्रिय तीर्थस्थल बन्दै

    माडीमा विकासको आशा जगाउँदै डा. पोख्रेल, स्वर्गद्वारी अन्तर्राष्ट्रिय तीर्थस्थल बन्दै

    प्यूठान। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवार प्रा. डा. गोविन्दराज पोख्रेलले माडी क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाउनुभएको छ। अभियानका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले स्वर्गद्वारी क्षेत्रलाई विश्वस्तरीय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    घरदैलो भेटघाटका क्रममा डा. पोख्रेलले माडी क्षेत्रको दीर्घकालीन विकासका लागि सिँचाइ सुविधाको विस्तार, भौतिक पूर्वाधारको सुदृढीकरण तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिक एजेन्डाका रूपमा अघि बढाइने बताउनुभयो। स्वर्गद्वारीको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन आवश्यक संरचना र नीति निर्माणमा आफू दृढ रहने उहाँको भनाइ थियो।

    स्थानीय मतदाताले माडी भेग लामो समयदेखि भौगोलिक, राजनीतिक तथा विकासका हिसाबले उपेक्षित हुँदै आएको गुनासो राख्दै अब कागजी प्रतिबद्धता होइन, व्यवहारिक र ठोस परिवर्तन चाहिएको बताएका थिए। उनीहरूले माडी नदीका दुवै किनार जोड्ने पक्की पुल निर्माण, स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार, रोजगारीका अवसर सिर्जना तथा आधुनिक प्रविधिमा सहज पहुँच सुनिश्चित गर्न स्पष्ट र प्रभावकारी पहल आवश्यक रहेको धारणा व्यक्त गरे।

    जवाफमा डा. पोख्रेलले आफू राष्ट्रिय योजना आयोगमा रहँदा नै माडी नदीमा पुल निर्माणको योजना प्रस्ताव गरिएको स्मरण गराउँदै राजनीतिक पूर्वाग्रह, बजेटको अभाव तथा कमजोर कार्यान्वयनका कारण योजना अलपत्र परेको बताउनुभयो। जिल्लाबाट केन्द्रसम्म प्रभावकारी समन्वय नहुँदा विकास प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै उहाँले निर्वाचित भएमा यस्ता सबै अन्यौल अन्त्य गर्दै माडीबासीको अभिभावकका रूपमा जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

    डा. पोख्रेलले माडीको विकासलाई आफ्नो राजनीतिक यात्राको केन्द्रमा राख्ने स्पष्ट पार्दै स्वर्गद्वारी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्य लिएको बताउनुभयो।

    जिल्लाको प्रतिनिधित्व गर्ने तहमा बसेर आवश्यक समन्वयकारी भूमिका नखुल्दा स्थानीयमा अन्यौल बढेको उहाँको भनाइ थियो। “म निर्वाचित भए यी सबै अन्यौल चिर्दै माडीबासीको वास्तविक अभिभावकको भूमिका निभाउनेछु,” डा. पोख्रेलले प्रतिबद्धता जनाउनुभयो। घरदैलो भेटघाटका क्रममा स्थानीयले स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार, रोजगारी सिर्जना, आधुनिक प्रविधिमा नागरिकको पहुँच जस्ता विषयमा पनि स्पष्ट योजना माग गरेका थिए।

    डा. पोख्रेलले यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै माडीको विकासलाई आफ्नो राजनीतिक यात्राको मुख्य एजेन्डा बनाउने बताए।नेपाली काँग्रेस प्यूठान पार्टी सभापति बिष्णुकुमार गिरीका अनुसार स्थानीय मतदाताले पनि यसपटक अनुभवी, विकासमुखी र परिणाममुखी नेतृत्वलाई अवसर दिनुपर्ने मत व्यक्त गरेको बताउनुभएको छ ।



    mandavionline mandavionline    
  • २८ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP