logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    मनसुनजन्य बिपद् प्रतिकार्य नमुना अभ्यास सम्पन्न

    मनसुनजन्य बिपद् प्रतिकार्य नमुना अभ्यास सम्पन्न

    माण्डवी गाउँपालिकाको जस्पुरमा मनसुनजन्य बिपद प्रतिकार्य नमुना अभ्यास कार्य सम्पन्न भएको छ । जिल्ला बिपद ब्यवस्थापन समितीको नेतृत्व तथा माण्डवी गाउँपालिकाको समन्वयमा बिपद पुर्व तयारी नमुना अभ्यास कार्य सम्पन्न भएको हो ।
    बर्द बहादुर गण प्यूठान, ससस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाईटी लगाएतको सहभागीतामा बाढीले बगाएको ब्यक्तिको उद्धार तथा उपचार, भिरमा फसेको ब्यक्तिको उद्धार, दुर्घटना तथा मनसुनजन्य घटनाको बारेमा नमुना अभ्यास गरिएको हो ।
    बिपदको समयमा हुन सक्ने सम्भाबित दुर्घटना र त्यसबाट हुने क्षतीकमगर्न हरेक बर्ष नमुना अभ्यास गर्ने गरिन्छ । बर्खा सुरु हुने समय नजिकिएसंगै बाढी तथा पहिरोमा फसेकाहरुको उद्धारलाइ प्रमुख प्राथमिकतामा राखिएको जिल्ला बिपद ब्यवस्थापन समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
    जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा, स्थानिय तहका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, सरोकारवाला लगाएको सहभागीता रहेको थियो ।



    mandavionline mandavionline    
  • २५ बैशाख २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP