प्युठान । प्युठानमा मोटर साइकलले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका वडा नम्बर ३ लामाचौरमा आइतबार राती रा २ प ७४० नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिदा स्थानीय ४२ वर्षिय रिम बहादुर खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिंगृबाट चकचके तर्फ जाँदै गरेको मोटरसाइकलमा सवार तीन जना युवा घाइते भएका छन । गम्भीर घाइते मोटरसाइकल चालक माण्डवी गाउँपालिका-३ नयाँगाउका १८ वर्षीय अविषेक कार्की लाई उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार नयाँगाउका १८ वर्षीय सुमन पुन र वडा नम्बर ५ चकचके निवासी १७ वर्षीय शिसिर थापाको हात खुट्टामा सामान्य चोट लागेको छ ।
प्रतिक्रिया