रविन विश्वकर्मा,प्युठान । साहित्य परिषद् प्युठानले विभिन्न विधामा योगदान पु¥याएका ७ जना व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । हरेक वर्ष शाखाले समाजमा योगदान पु¥याउने स्रष्टा, लेखक, कलकार सामाजिक ब्यक्तित्व तथा पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष पनि शाखाले पुरस्कृत तथा सम्मान गर्न लागेको जनाएको छ ।
साहित्य परिषद् प्युठानको माघ १६ गते बसेको स्रष्टा छनोट समितिको बैठकले ६ जना स्रष्टा र १ जना समाजसेवीलाई ३० औं साधारण सभा एवं दशौं अधिवेशनको अवसरमा विभिन्न विधामा योगदान पु¥याउने ७ जनालाई नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको हो । ३० औं साधारण सभा तथा दशौं अधिवेशन यहि माघ २६ गते आयुष्मा होटल जुम्रीमा हुदै छ ।
भूपेन्द्र स्मृति काव्य पुरस्कार कमल पोखे्रललाई, कप्तान नरलीला स्मृति साहित्य पुरस्कार मोहन गिरी, वालादेवी चक्रमाया स्मृति साहित्य पुरस्कार निमवहादुर थापा, नवप्रतिभा पुरस्कार वीपी सेढाई, मीना साहित्य पुरस्कार राजकुमारी कुंवर, ठइदेवी साहित्य पत्रकारिता पुरस्कारबाट लिला पूनलाई पुरस्कृत गर्ने निर्णय गरेको साहित्य परिषद् प्युठानका कार्यवाहक अध्यक्ष बिमला खनालले जानकारी दिनुभयो । साथै प्युठान नगरपालिकाका संस्थापक मेयर अर्जुन कुमार कक्षपतिलाई समाजसेवी तथा सम्मानित व्यक्तित्वको रुपमा सम्मान गर्न लागिएको उहाँले बताउनुभयो ।
विभिन्न व्यक्तिले साहित्य परिषद्मा अक्षयकोष स्थापना गरेको र सोही अक्षयकोषको ब्याजबाट प्राप्त भएको रकमले जिल्ला तथा नेपाली भाषा साहित्यको आर्थिक, सामाजिक, सांस्कृतिक तथा विभिन्न क्षेत्रमामा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गर्न लागिएको कार्यवाहक अध्यक्ष खनालले बताउनुभयो ।
प्रतिक्रिया