logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    भालुबाङ्ग प्युठान सडक माघ ३० गते सम्म दैनिक ५ घण्टा बन्द

    भालुबाङ्ग प्युठान सडक माघ ३० गते सम्म दैनिक ५ घण्टा बन्द

    प्युठान । भालुबाङ्ग प्युठान सडक खण्ड दैनिक ५ घण्टा बन्द हुने भएको छ । बड्डाडा–देविस्थान सडकमा पर्ने गर्जेनी,जामुने डाँडाको सडक निर्माण गर्न थालिएकाले माघ २० गते देखि ३० गते सम्म दैनिक ५ घण्टा बन्द हुने सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । कार्यालयले यस अघि माघ ४ गतेदेखि माघ १९ गते सम्म सोही स्थानमा सडक निर्माणको काम गर्ने भन्दै दैनिक साढे ४ घण्टा सडक निश्चित समय तोकेर सवारी साधनको आवतजावत बन्द गरेको थियो । गर्जेनी,जामुने डाँडामा तोकिएको समयमा काम नसकिएकाले फेरी म्याद थप गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने भएकाले सडक बन्द गर्नु परेको कार्यालय प्रमुख बिष्णुदास लामाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बड्डाडा–देविस्थान खण्ड बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द हुने छ । अरु समय सडक खुला हुने छ । अत्यावश्यक सवारी साधनहरुलाई जुनसुकै समयमा चल्न दिने गरी ब्यवस्था मिलाइएको लामाले बताउनुभयो । सडक खुल्ने समयलाई मध्येनजर गदै यात्रा गर्न सडक डिभिजन प्यूठानले आग्रह गरेको छ ।



    mandavionline mandavionline    
  • २२ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP