 
                                    
                        
                        प्युठान । झिमरूक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रिले शिक्षक नियुक्तिको बिषयमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्न खोजेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ । झिमरूक गाउँपालिका वडा नं १ मा शिक्षक छनोटमा बिज्ञले चिट चोराएको बिषय बाहिरियपछि झिमरूक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले परिक्षा रद्द गरेको बिषयमा आफ्नो कुनै संलग्नता नरहेपनि आफ्नो नाम जोडेर गत प्रचार गरियको भन्दै राजनैतिक पुर्वाग्रह राखेर गरिने यस्ता कृयाकलापल शिक्षामा नकारात्मक प्रभाव पर्ने बताउनु भएको छ ।
झिमरुक-१, सौतामारे तल्लो गाउँमा रहेको चन्द्रविकास प्रा.वि.मा शिक्षक छनौटको परिक्षा भएको रहेछ, उक्त समयमा म काठमाण्डौ थिए, झिमरूक गाउँपालिका अध्यक्ष एम सिले भन्नुभयो, परिक्षा गराउने विषय विज्ञ पनि मैले छानेको छैन, कार्यवाहक अध्यक्षले छान्नुभएको हो । बिज्ञ छनोटदेखि परिक्षा सञ्चालनको समयसम्म आफ्नो कतै संलग्नता नरहेपनि गलत प्रचार गरि आफ्नो चरित्र हत्या गर्ने प्रयास भयको गाउँपालिका अध्यक्ष एमसिले बताउनु भयो ।
परिक्षामा शिक्षिका माया पन्थी र शिक्षक बसन्त जिसी बिषय बिज्ञको रूपमा सहभागि हुनुहुन्थ्यो ।
गाउँपालिका अनुदान दरवन्दिका लागि २०८१ माघ ९ गते झिमरूक पालिकामा परीक्षा तोकिएको थियो । परिक्षार्थीहरुकाे उत्तरपुस्तिका परिक्षणकाे क्रममा बिषयविज्ञहरुकाे बिचमा विवाद उत्पादन भएको र विवाद समाधान हुन नसकेपछि परीक्षा रद्द गरिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर थापाले बताउनुभयो । शिक्षक नियुक्तिकाे बिषयमा गाउँपालिकाका कुनै पनि जनप्रतिनिधिकाे संलग्नता नरहेको उहाँले बताउनुभयो ।
 mandavionline
                                                mandavionline
                                                    
प्रतिक्रिया