प्रसब फिस्टुला सम्बन्धि जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम स्वास्थ्य कार्यालय प्युठानमा समपन्न भएको छ । आइ एन एफ सुर्खेतको सहयोगमा प्युठानमा सन्चालन भएको फिस्टुला पहिचान तथा जनचेतनामुलक कार्यक्रमको समीक्षा सहित अभिमुखिकरण आज सम्पन्न भएको हो । कार्यक्रममा आइ एन एफ सुर्खेतकि कान्ति शर्माले प्रसब पीडा लामो समय भोगेक र अप्रेसनमा समस्या भएको महिलाहरुमा यस्तो समस्या हुने बताएकी छन । कार्यक्रमले प्रसब फिस्टुलाबाट समस्या भोगेकाहरु दिशापिसाब निरन्तर बग्ने हुदा समस्या भएका महिलामा सारिरिक मानसिक समस्या हुने बताउदै क्ष्ल्ँ अस्पताल सुर्खेतबाट यस्को निशुल्क उपचार हुने बताएकी छन । हाल सम्म प्युठानबाट १७ जनाले यो सेवा लिएको शर्माले बताएकि छन । उनले यस्को उपचार निशुल्क हुनुका साथै सुर्खेत सम्म पुग्न बिरामि र हेरालुका लागि यातायात तथा खाने बस्ने समेत कार्यक्रमले बेहोर्ने बताएकी छन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जिसिले ग्रामिण समुदायमा रहेका यस्ता समस्या भएका महिलाहरुका लागि कार्यक्रम प्रभाबकारि रहेको बताएका छन । कार्यक्रममा स्वास्थ कार्यालयका प्रमुख मधुसुदन खड्काले यस्ता समस्या हुनेले सेवा पाउन प्रचारप्रसारमा लबै लाग्न आग्रह गर्दै यस्ता समस्या हुनेहरुले खुलेर समस्या राखि उपचार सेवा ल्याउन आग्रह गरेका छन ।
प्रतिक्रिया