रविन विश्वकर्मा, प्युठान ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट श्रीराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा एलबी थापा, नर्मदा भट्ट, सचिव बासुदेव गिरी, सह–सचिव शसिधर भण्डारी, बोम बहादुर परियार, कोषाध्यक्षमा तुफान अधिकारी निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यमा जुमान सिंह के.सी., टिकाराम पोख्रेल, प्रकाश वैद्य, विमल प्रसाद पोख्रेल, सागर शर्मा, मधुसुदन पोख्रेल, तेजेन्द्र विएम, रविन विश्वकर्मा र सिता विश्वकर्मा निर्वाचित हुनु भएको छ ।
अरु पद सर्वसम्मत भएपनि कोषाध्यक्ष पदमा भने चुनाव भएको थियो । ७७ सदस्यमध्ये ६४ मत खसेकोमा तुफान अधिकारीले ३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रतिस्पर्धी राजेश जिसीले २६ मत पाउनुभएको थियो । अधिवेशनले केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्य समेत सर्वसम्मत चयन गरेको छ । केन्द्रीय परिषद सदस्यमा गिरु प्रसाद भण्डारी, भुवन सिंह र राधिका भुसाल रहनुभएको छ । प्रदेश परिषद सदस्यमा सुजल श्रेष्ठ, जोगिन्द्र मल्ल, हरि भण्डारी, राम बहादुर विश्वकर्मा र केशव श्रेष्ठ चयन हुनुभएको छ ।
नव निर्वाचित पदाधिकारीहरुद्धारा सपथ ग्रहण
नव निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शनिवार महासंघको सुचना केन्द्र विजुवारमा एक कार्यक्रमका विच निर्वाचन अधिकृत यादव खनालले नव निर्वाचित अध्यक्ष श्रीराम भण्डारीको टोलीसहित केन्द्रिय र प्रदेश परिषद सदस्यलाई सपथ ग्रहण गराउनु भएको हो ।
नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै मुख्य निर्वाचन अधिकृत खुम बहादुर थापाले सधैं सत्यको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । समाजमा रहेका परिघटनाहरुलाई बाहिर ल्याउन, भ्रष्टाचार अन्त्यका लागि सुशासन र जवाफदेहिता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पत्रकारहरुले स्वच्छ, स्वस्थ र व्यवसाहिक पत्रकारीतालाई जोड दिदै नागरिकको आबाज उठान गर्न बोल्ने, लेख्ने बिषयमा जिम्मेवार रहि दृढताका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै निर्वाचन अधिकृत अग्निधर चन्द बोहोराले निर्वाचनको बेला जुनसुकै विचारमा रहेर चुनाव जितेको भए पनि अब पत्रकार महासंघ सबैको साझा संस्था भएको बताउनुभयो । पत्रकारिता क्षेत्रको मूल्य, मान्यता, सिद्धान्त र आचारसंहिता भन्दा बाहिर गएर कुनै पनि राजनैतिक हस्तक्षेप हुने काम नर्गन आग्रह गर्नुभयो । बोहोराले पत्रकारीता क्षेत्रमा देखा परेका विकृती र विसंगती अन्त्यका लागि पनि ध्यान दिन सुझाव दिनुभयो ।
प्रतिक्रिया