लुम्वीनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा ९रोज राणा०ले आफ्नै कार्यकालमा बाग्दुला मच्छी ठुलाबेसी सडक स्तरोन्नती गर्ने बताउनु भएको छ । आज नेपाली काङ्ग्रेस प्युठान नगरपालिकाको दाश्रो नगर सम्मेलन तथा नेपाली काग्रेसको एक सय दिने अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले आफु बाल्यकाल हुदाको समयमा सडक जस्तो थियो अहिलेपनि उस्तै भएकाले यसलाई आफ्नो कार्यकालमा स्तरोन्नती सहित कालोपत्रे गर्ने बताउनु भएको छ ।
हाल ७५ लाख रुपैया बजेट बिनियोजन गरेर सडकको स्तरोन्नतीको काम भैरहेको र बाकी सडकको कामका लागी थप बजेटको ब्यवस्था भैरहेको बताउदै मन्त्री राणाले ५ करोड रुपैया बराबरको बहुबर्षिय योजना अन्र्तगत सडकको काम अगाडी बढाउने दावी गर्नुभयो ।
मन्त्री राणाले भोलीनै बाग्दुला देखी मच्छी सम्मको सडकको प्राविधिक सहितको टोलिले अनुगमन गर्ने कार्यक्रम रहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै मन्त्री थापाले प्यूठानको मुहार आफुले नै फेर्ने र अर्को पटक निर्वाचन आउदासम्म नेपाली काग्रेसले बिकास कसरी गर्छ भनेर उदाहरण दिने जिल्लाको रुपमा प्यूठानलाई बिकास गर्ने दावी समेत गर्नुभयो ।
प्रतिक्रिया