logo

  • ९ माघ २०८२, बिहीबार | Thu, 22 Jan 2026

  •      Listen Radio Live

    बाग्दुला,मच्छी-ठुलाबेसी सडक मेरै कार्यकालमा कालोपत्रे गर्छुः मन्त्री राणा

    बाग्दुला,मच्छी-ठुलाबेसी सडक मेरै कार्यकालमा कालोपत्रे  गर्छुः मन्त्री राणा

    लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले आफ्नै कार्यकालमा बाग्दुला, मच्छी-ठुलाबेसी सडक स्तरोन्नती गर्ने बताउनु भएकोछ । आज नेपाली काङ्ग्रेस प्युठान नगरपालिकाको दाश्रो नगर सम्मेलन तथा नेपाली काग्रेसको एक सय दिने अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले आफु बाल्यकाल हुदाको समयमा सडक जस्तो थियो अहिलेपनि उस्तै भएकाले यसलाई आफ्नो कार्यकालमा स्तरोन्नती सहित कालोपत्रे गर्ने बताउनु भएकाे छ ।
    हाल ७५ लाख रुपैया बजेट बिनियोजन गरेर सडकको स्तरोन्नतीकाे काम भैरहेकाे र बाकी सडककाे कामका लागी  थप बजेटकाे ब्यवस्था भैरहेकाे बताउदै मन्त्री राणाले ५ करोड रुपैया बराबरको बहुबर्षिय योजना अन्र्तगत सडकको काम अगाडी बढाउने दावी गर्नुभयो ।
    मन्त्री राणाले भोलीनै बाग्दुला देखी मच्छी सम्मको सडकको प्राविधिक सहितको टोलिले अनुगमन गर्ने कार्यक्रम रहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै मन्त्री थापाले प्यूठानको मुहार आफुले नै फेर्ने र अर्काे पटक निर्वाचन आउदासम्म नेपाली काग्रेसले बिकास कसरी गर्छ भनेर उदाहरण दिने जिल्लाको रुपमा प्यूठानलाई बिकास गर्ने दावी समेत गर्नुभयो ।



    mandavionline mandavionline    
  • २० पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP