logo

  • १ जेष्ठ २०८२, बुधबार | Wed, 14 May 2025

  •      Listen Radio Live

    एमाले प्यूठानको पालिका अधिवेशन आजदेखी सुरु

    एमाले प्यूठानको पालिका अधिवेशन आजदेखी सुरु

    नेकपा एमाले प्यूठानको पालिका अधिबेशन आज देखी सुरु भएको छ । मंसिर ८ गते आजदेखि मसिंर १५ गतेसम्म पालिका अधिवेशन गर्ने भएको छ । मंसिर ८ गते आज झिमरुक गाउँपालिका, मंसिर १० गते सरुमारानी गाउँपालिका, मंसिर १२ गते माण्डवी गाउँपालिका, मंसिर १३ गते गौमुखी गाउँपालिका, मंसिर १४ गते नौबहिनी गाउँपालिका र मल्लरानी गाउँपालिका, मंसिर १५ गते स्वर्गद्वारी नगरपालिकाको अधिवेशनको मिति तय भएको नेकपा एमाले प्यूठान प्रचार विभाग प्रमुख इश्वरा आचार्यले बताउनु भयो ।
    प्यूठान नगरपालिकाको यसअघि नै अधिवेशन सम्पन्न भएको र ऐरावती गाउँपालिकाको मिति तय भइनसकेको आचार्यले जानकारी दिनुभयो । अहिले वडा अधिवेशनहरु धमाधम भइरहेको पार्टीले जनाएको छ।
    यसैबीच, प्रचार विभागको शुक्रबार बसेको बैठकले पालिका अधिवेशनको प्रचार प्रसारलाई तीव्रता दिने निर्णय गरेको छ । इश्वरा आचार्यको अध्यक्षता एवं नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजय विराज विष्टको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशनका गतिविधिलाई व्यापक रुपमा प्रचार प्रसार गर्ने निर्णय गरेको हो ।



    mandavionline mandavionline    
  • ८ मंसिर २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP