logo

  • १९ मंसिर २०८२, बिहीबार | Thu, 04 Dec 2025

  •      Listen Radio Live

    स्वर्गद्वारी र प्यूठानको पर्यटन बिकास

    स्वर्गद्वारी र प्यूठानको पर्यटन बिकास

    पदम सुबेदी
    स्वर्गद्वारी नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्युठान जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो। यो स्थल हिन्दू धर्मावलम्बीहरूको लागि विशेष आस्थाको केन्द्र मानिन्छ।

    प्युठान जिल्लाको दक्षिण–पश्चिम भागमा, समुद्र सतहबाट करिब २,१०० मिटर ९७,००० फिट० को उचाइमा अवस्थित छ। स्वर्गद्वारीलाई ‘स्वर्ग जाने बाटो’ अर्थात् स्वर्गको द्वार मानिन्छ। यसलाई नेपालका चार प्रसिद्ध धार्मिक तीर्थस्थलहरूमध्ये एक पनि भनिन्छ। यहाँ पौराणिक मान्यताअनुसार पाण्डवहरूले आफ्ना पापकर्म नष्ट गरी स्वर्गारोहणको लागि यहींबाट प्रस्थान गरेका थिए भन्ने जनविश्वास छ।यहाँ स्वर्गद्वारी महाप्रभुले स्थापना गर्नु भएको स्वर्गद्वारी महायज्ञस्थलमा हरेक दिन यज्ञ, पूजा, हवन र विभिन्न धार्मिक अनुष्ठानहरू हुने गर्छन्।स्वर्गद्वारीमा एउटा ठूलो गोशाला ९गोरक्षक स्थल० छ, जहाँ सयौं गाईहरूको संरक्षण गरिएको छ। साथै, प्राकृतिक गुफाहरू पनि छन् जसलाई तपस्याका लागि प्रयोग गरिन्छ।

    स्वर्गद्वारीबाट आसपासका हिमश्रृंखला, पहाड, र उपत्यकाहरूको मनोरम दृश्य देख्न सकिन्छ। यहाँबाट सूर्योदय र सूर्यास्त पनि निकै रमणीय देखिन्छ। यहा धार्मिक हिसावले नेपाल लगाएत छिमेकि देश भारतबाट धेरैको सङ्ख्या पर्यटक आउने गर्छन । स्वर्गद्वारीको पर्यापर्यवणका माध्यमबाट यहाको पर्यटन बिकासमा ठुलो योग्दान पुर्याउछ ।प्युठान जिल्लामा स्वर्गद्वारी सङ्गै ऐरावति , गौमुखी , भित्रिकोट , उदयपुरकोट , झुलेनि , नौबहिनी कोठिभिर , मल्लरानि, झाक्रिस्थान जस्ता धेरै पर्यटकिय तथा धार्मिक गन्तव्यहरु छन ।

    विशेष गरी श्राबण महिना भारतिय भक्तजनहरु स्वर्गद्वारीमा धेरैको सङ्ख्यामा आउने गरेका छन । स्वर्गद्वारी आउने पर्यटकहरुलाइ प्युठान जिल्लामा रात बिताउने र जिल्लमा रहेका अन्य पर्यटकिय स्थानहरुको थप प्रचारप्रसार गरि पर्यटकहरुलाइ जिल्लामा राखि अन्य क्षत्रको भ्रमणमा आकर्षण गर्न जरुरी छ ।

    केही समय यता स्वर्गद्वारी दर्शनका लागि प्युठान आउने भारतियहरु अर्घाखाँची सुपादेउरालि हुँदै लुम्बिनी सम्म पुग्नथालेका छन । यसर्थ जिल्लाको प्युठान नगरपालिका भित्र सुबिधा सम्पन्न होटल , पर्यटकिय क्षत्रको प्रचार प्रसार , मल्लरानि गाउपालिका अन्तर्गत खलंगामा रहेका नेवारी सस्कृति परम्परा , नेवारी खाना खाजा , मल्लरानि डाडो , झाक्रिस्थानको प्रचार प्रसार तथा ब्यबस्थापन गर्नु पर्ने देखिन्छ।

    त्यस्तै प्राकृतिक मनमोहकका हिसाबले महत्त्वपूर्ण स्थान रहेको गौमुखी गाउपालिकाले पालिका भित्र रहेका गौमुखी , झाक्रिढुङ्गा , गोद्रेचौर , पुजा तामाखानि , नाङ्गिलेक , रानिताल जस्ता ठाउको प्रचारप्रसार गरि पर्यटन प्रबर्द्धनका लागि गौमुखी भ्रमण बर्ष २०८२ घोषणा गरेको गाउपालिकाले पनि पर्यटकका लागि स्थानिय परिकार , स्थानिय रहनसहनमा रमाउन सक्ने वातावरण तयार गर्नु पर्ने देखिन्छ । पर्यटन प्रबर्द्धनका नाउमा विभिन्न पदमार्ग , पार्क , मन्दिर , भ्युटावर निर्माण गरेका स्थानिय सरकारले पर्यटक भित्राउन प्रचारप्रसार र आबश्यक पुर्बाधार निर्माणमा ध्यान दिनु पर्ने देखिन्छ ।

    पर्यटकका लागि शुरक्षित र आरामदायि यात्राका लागि , स्थानिय सरकार , होटलब्यबसायि , यातायात ब्यबसायि ,निजिक्षत्र , सुरक्षा निकायका बिचको सहकार्यबाट अगाडि बढ्नु आबश्यक छ । पर्यटनका माध्यमबाट जिल्लामा रोजगारिको अबसर शृजना गरि समग्र अर्थतन्त्र सुधार गर्न तर्फ लाग्न सकिन्छ ।



    mandavionline mandavionline    
  • १३ श्रावण २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP