logo

  • ५ असार २०८२, बिहीबार | Thu, 19 Jun 2025

  •      Listen Radio Live

    समाजवादी मोर्चा र राजावादीको भेटै हुन नदिने गरी सुरक्षा सतर्कता

    समाजवादी मोर्चा र राजावादीको भेटै हुन नदिने गरी सुरक्षा सतर्कता

    काठमाडौं । समाजवादी मोर्चा र राजावादीले एकै दिन शुक्रवार काठमाडौंमा व्यवस्थाको पक्ष र विपक्षमा प्रदर्शन गर्ने भएपछि प्रहरीले मुठभेड हुन नदिन सुरक्षा सतर्कता बढाएको छ । यसका लागि काठमाडौँमा सुरक्षाकर्मी थप गरिएको छ ।

    शुक्रबारका लागि नियमित टोलीबाहेक ३ हजार ५ सय नेपाल प्रहरी र २ हजार सशस्त्र प्रहरी थप गरिएको छ । राजावादी र गणतन्त्रवादी समाजवादी मोर्चाको मुठभेड हुन नदिन जिल्ला सुरक्षा समितिले छुट्टाछुट्टै स्थानमा कार्यक्रमस्थल तोकेको छ। समाजवादी मोर्चाको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीको तीनकुनेमा कार्यक्रम हुने छ।
    दुवै कार्यक्रम दिउँसो १२–१ बजेतिर सुरु हुने तय भएको छ। जिल्ला सुरक्षा समितिले दुवै टोलीसँग यसअघि पटकपटक छलफल गरेर कार्यक्रम शान्तिपूर्ण रुपमा गर्न भनेको छ।

    त्यहाँसम्म पुग्न छुट्टाछुट्टै रुटको प्रयोग गराइनेछ। दुई टोली आमने सामने नहोउन भनेर समाजवादी मोर्चाको रिङरोडभित्रबाट र्याली सुरु  भएर प्रदर्शनीमार्गमा पुग्ने छ ।

    हरेक टोलीलाई प्रहरीले एस्कोर्टिङसहित कार्यक्रमस्थलसम्म पु¥याउने छ। समाजवादी मोर्चाको ¥याली काठमाडौँका ७ र ललितपुरको एक स्थानबाट सुरु हुनेछ। ललितपुरको कुपण्डोलबाट नेकपा माओवादी केन्द्रको ¥याली सुरु हुनेछ। कुपण्डोलबाट थापाथली हुँदै त्रिपुरेश्वर पुगेर त्यहाँको पनि जुलुस मिसिने छ। त्यसपछि सुन्धारा, न्युरोड गेट, शान्तिवाटिका, पुरानो बसपार्क हुँदै मञ्चमा पुग्नेछ।

    यस्तै माओवादी केन्द्रकै नेतृत्वमा बबरमहलबाट माइतीघर मण्डला थापाथली, त्रिपुरेश्वर, सहिदगेटबाट भद्रकाली हुँदै कार्यक्रमस्थलमा पुग्नेछ। नेकपा विप्लवको नेतृत्वमा सुन्धाराबाट र्याली हुनेछ। न्युरोड गेटबाट नेपाल समाजवादीको नेतृत्वमा, सोह्रखुट्टेबाट माओवादी केन्द्रको नेतृत्वमा तथा शान्तिवाटिका र मैतिदेवीबाट नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा र्याली हुनेछ।

    यस्तै राजावादीको र्याली पनि भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न स्थानबाट तीनकुने पुग्नेछ। उनीहरूका सबै र्याली रिङरोडबाटै कार्यक्रमस्थल पुग्नेछन्। प्रहरीले एस्कोर्टिङसहित उनीहरूलाई पनि कार्यक्रमस्थल तीनकुने पुर्याउने भएको छ।



    mandavionline mandavionline    
  • १५ चैत्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP