logo

  • २८ आश्विन २०८२, मंगलवार | Tue, 14 Oct 2025

  •      Listen Radio Live

    प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा पहिलो सम्बोधन : ‘छ महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त’

    प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा पहिलो सम्बोधन : ‘छ महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त’

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताउनुभएको छ ।

    गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो । सरकार गठनपछि प्रधानमन्त्री कार्कीले आज सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । उहाँको सम्बोधनअघि विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको थियो । तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उहाँको भनाइ थियो ।

    उहाँले विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिनुभयो । उहाँले उत्साहका साथ निर्वाचनमा भाग लिइ युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री कार्कीको सम्बोधन जारी रहेको छ ।



    mandavionline mandavionline    
  • ९ आश्विन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP