logo

  • ३० असार २०८२, सोमबार | Mon, 14 Jul 2025

  •      Listen Radio Live

    गौमुखी पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा

    गौमुखी पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा

    गौमुखी गाउँपलिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएसंगै गाउँपालिकालाइ जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ । पछिल्ला तिन आर्थिक बर्षमा गाउँपालिका भित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर गर्भवती भएसंगै गाउँपालिकालाइ शनिवार एक कार्यक्रमका बिच पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिएको हो ।

    आर्थिक बर्ष २०७९/०८० मा ३ सय ३४ जना महिला गर्भवती रहेको गौमुखीमा सबै स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिएका थिए । आ.व. २०८०/०८१ मा २८२ र आ.व. ०८१/०८२ मा २९५ जना गर्भवतीले स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी दिए । आ.व. ०८१/०८२ मा ६८ जनाले भने स्थानिय स्वास्थ्य संस्थाभन्दा बाहिर अन्य स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएको प्रमुख जैसीले बताए । गाउँपालिकामा ४ पटक गर्भ जाच, तिन पटक सुत्केरी जाच लगाएतका मापदण्ड पुरागर्नेको संख्या ९५ प्रतिशत माथी पुगेसंगै गाउँपालिकालाइ पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिएको हो । आ.व. २०७९/०८० मा १० र आ.व. २०८०/०८१ ३ जना गर्भवती घरमा सुत्केरी भएका थिए ।
    शनिवार गाउँपालिकाको शभाहलमा भएको कार्यक्रममा लुम्वीनी प्रदेश शभा सदश्य धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सी. लगाएतको सहभागीता रहेको थियो ।



    mandavionline mandavionline    
  • ३२ जेष्ठ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP