प्यूठानमा चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागी ४४ प्रतिशत बढि बजेट बिनियोजन भएको छ । आर्थिक बर्ष २०८२÷०८३ का लागी लुम्विनी प्रदेश सरकारले बिभिन्न मन्त्रालय मार्फत चालु आ.व भन्दा ४४.२९ प्रतिशत बढि बजेट बिनियोजन गरेको हो ।
चालु आर्थिक बर्षमा १ करोड ४८ लाख ९९ हजार ६ हजार रुपैया बजेट बिनियोजन भएको प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागी २ अर्ब १४ करोड ८६ लाख २५ हजार रुपैया बजेट बिनियोजन गरेको हो ।
लुम्विनी प्रदेश सरकार अन्र्तगत प्यूठान जिल्लामा शहरी बिकास तथा खानेपानी मन्त्रालयमा ७१ करोड ४२ लाख ५७ हजार रुपैया बजेट बिनियोजन भएको छ । यस्तै भौतिक पुर्वाधार बिकास मन्त्रालय मार्फत ४९,९५,८०,०००। रुपैया, वन तथा वातावरण मन्त्रालय मार्फत १२,४२,०४,०००। उर्जा जलश्रोत तथा सिचाइ मन्त्रालय अन्र्तगत ११,३८,१५,०००। रुपैया, कृषि भुमि ब्यवस्था तथा शहकारी मन्त्रालय मार्फत ११,३६,६६,००० रुपैया, सामाजिक बिकास मन्त्रालय मार्फत १२,५७,८८,००० रुपैया, स्वास्थ्य मन्त्रालय मार्फत १३,४२,५८,००० रुपैया, उद्योग पर्यटन तथा यातायात मन्त्रालय मार्फत ८,४४,८०,००० रुपैया तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय मार्फत गरी बिभिन्न शिर्षकमा २,१४,९८,२५,००० रुपैया बजेट बिनियोजन भएको हो ।
शुक्रबार जुम्रिमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लुम्वीनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले चालु आ.व. को तुलनामा आगामी आर्थिक बर्षका लागी प्यूठानमा बजेट बढेर आएको जानकारी दिनुभयो । ‘मन्त्रालयगत रुपमै जिल्लाको बजेट बढेको छ,’उहाले भन्नुभयो,‘बजेट जति प्यूठानमा हाल्यो भनेर संसदरमा सुन्नु परेको छ ।’ उहाका अनुसार संसदमा बजेट धेरै प्यूठानमा हाल्यो भनेर कुरा उठेपनि जिल्लामा त्यसको गलत प्रचार गर्ने गरिएको भन्दै गलत सुचनाको पछि नलाग्न आग्रह गर्नुभयो ।
बजेट निर्माणमा जिल्लाबाट नेतृत्व गरेर गएका सबै सांसद, मन्त्रीहरुको भुमिका रहेको बताउदै मन्त्री थापाले प्यूठानको बिकासमा गफ गरेर नभै काम गरेर देखाउनुपर्ने बताउनु भयो ।
कुन मन्त्रालय मार्फत कति बजेट बिवरण सहितः
बजेट हेर्न यहाँ क्लीक गर्नुहोसः
प्रतिक्रिया