प्यूठानका ९ वटै स्थानीय तहले आगामी आर्थिक बर्षका लागी निती तथा कार्यक्रम र बजेट ल्याएका छन् । २ नगरपालिका र ७ गाउँपालिका रहेको प्यूठानमा ९ वटै स्थानिय तहहरुले असार १० गतेनै बजेट ल्याएका हुन् ।
ऐरावती गाउँपालिकाले १८ औं गाउँसभाको दोस्रो अधिबेशनबाट ४९ करोड ८९ लाख २५ हजार रुपैया बरावरको बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३४ करोड ९४ लाख २५ हजार र पुँजिगत तर्फ १४ करोड ९५ लाख रुपैया विनियोजन गरिएको छ ।
हिजो असार १० गतेनै बजेट ल्याएको मल्लरानी गाउँपालिकाले पनि ४३ करोड ४९ लाख ७२ हजार ४९ रुपैया बराबरको बजेट ल्याएको हो । कृषिलाइ प्रमुख प्राथमिकता दिएको बजेटले शिक्षा, पुर्वाधार बिकासलाइ पनि प्राथमिकतामा राखेको छ ।
सरुमारानी गाउँपालिकाले पनि आगामी आ.व. का लागी ४९ करोड २१ लाख ७९ हजार रुपैया बराबरको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले प्रस्तुत गर्नुभएको बजेटमा पुर्वाधार बिकास, शिक्षा, स्वास्थ्य र रोजगारी शृजनालाइ प्राथमिकता दिइएको गाउँपालिकाका प्रवक्ता चिन्ता सोमै मगरले बताए ।
माण्डवी गाउँपालिकाले पनि ४२ करोड ७६ लाख १५ हजार रुपैया बरावरको बजेट ल्याएको छ । स्वर्गद्धारी नगरपालिकाका उपप्रमुख मिनराज रानाले पनि आगामी आर्थिक बर्षका लागी ९१ करोड ५१ लाख २५ हजार रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १८ औँ अधिवेशनबाट गाउँपालिका उपाध्यक्ष पोख्रेलले प्रस्तुत गरेको विनियोजित बजेटमध्ये चालुतर्फ ४१ करोड ४७ लाख ७३ हजार र पूँजीगत तर्फ २१ करोड ५२ लाख २७ हजार रुपैयाँ विनियोजन भएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, लाइ प्राथमिकता दिएको छ ।
नौबहिनी गाउँपालिकाले ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष विस्ना थापाले प्रस्तुत गरेको बजेटमा विदेशबाट फर्केका युवाका लागी कृषि उद्यम विकास कार्यक्रमलाइ प्राथमिकता दिइएको छ ।
प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले पनि आगामी आ.व. का लागी १९ औं नगरशभा मार्फत बजेट प्रस्तुत गर्नुभएको छ ।
जिल्लामै गौमुखी गाउँपालिकाले पनि ५० करोड १ लाख ६ हजार ३७८ रुपैया बरावरको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष महाबिर रानाले कृषि र पशुपालनसंगै पर्यटन प्रवद्धन गर्नेगरी गाउँपालिकाले बजेट ल्याएको बताउनु भयो ।
प्रतिक्रिया