logo

  • ४ असार २०८२, बुधबार | Wed, 18 Jun 2025

  •      Listen Radio Live

    अबिरल बर्षाले प्यूठानका ठाउँ ठाउँमा क्षती

    अबिरल बर्षाले प्यूठानका ठाउँ ठाउँमा क्षती

    माण्डवी अनलाईन , प्यूठान।

    आज विहान परेको अविरल वर्षाले प्यूठानका ठाँऊहरुमा क्षति पुगेको छ । मेघ गर्जन सहित एक्कासी परेको वर्षातले बाटो, खानेपानी, सिंचाई कुलोहरुमा क्षति पु¥याउनुका साथै विभिन्न बस्तीमा पानीको भल पसेको छ ।
    प्यूठान नगरपालिका वडा न। ३ जुङखोलामा आएको बाढिले खानेपानी, सिंचाई कुलो तथा धान रोप्न तयार गरिएका खेतहरु, धानको व्याड बगाएको छ । जुङखोलामा करिव ४ किलोमिटर क्षेत्र ३ मिटर धसिँएको प्यूठान नगरपालिका उपप्रमुख देवेन्द्र बर्माले जानकारी दिनुभयो । ७ वटा सिंचाई कुलो, २ वटा खानेपानी आयोजना क्षति पुगेको छ । क्षतिको यकिन विवरण संकलन भैरहेको नगरपालिकाले जनाएको छ ।
    यस्तै स्वर्गद्धारी नगरपालिका–४ भिंगृमा आएको बाढि बस्तीमा पसेको छ । बाढिका कारण करिव १५ घरपरिवारले सास्ती व्यहोर्नुपरेको थियो ।



    mandavionline mandavionline    
  • ८ जेष्ठ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP