नेपाली काग्रेसका तर्फबाट डाक्टर गोविन्दराज पोख्रेलले उमेदवारी दर्ता गराउनु भएको छ । आज दिउसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर नेपाली काग्रेसका तर्फबाट उमेदवारी दर्ता गराउनु भयो ।
मनोनयन दर्तापछि प्रतिकृया दिदै काग्रेसका तर्फबाट प्रतिनिधी शभा सदश्य उमेदवार पोख्रेलले देशको आर्थिक बिकासका लागी आफ्नो उमेदवारी रहेको बताउनु भयो । देशलाई लगानीमैत्री वातावरण बनाउदै समुन्नत राष्ट्र निर्माणका लागी उमेदवारी दिएको बताउदै पोख्रेलले प्यूठानी जनताको चाहना र भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भयो । बहुप्रतिक्षित नौमुरे जलबिद्युत आयोजना, बाग्दुला भिमगिठे सडक लगाएत योजना प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । लामो समय राष्ट्रिय योजना आयोगमा बसेर काम गरेको अनुभवलाई निती निर्माणको तहमा कार्यान्वयन गराउने दावी गर्नुभयो ।
नेकपा (एमाले)का नेता सूर्य थापाले पनि प्यूठानबाट उम्मेदवारी दिनुभएको छ । प्रतिनिधि सभा सदस्यका लागि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा पुगेर थापाले मनोनयन गर्दा गराउनुभएको हो ।
मनोनयन पछि आफ्नो धारणा राख्दै उमेदवार थापाले जेनजीका नाममा भएको ध्वंसका कारण संसद विघटन भएको भन्दै उहाँले संसद पुनःस्थापनाको पक्षमा आफुहरु भए पनि निर्वाचनमा सहभागी हुने बताउनुभयो । २०७९ मा प्यूठानबाट प्रतिनिधी शभामा बिजयी भएपनि छोटो समयमै संसद बिघटन हुदा चाहे अनुसारको काम गर्न नसकिएको बताउनु भयो । चुनावताका गरेको प्रतिवद्धता कार्यान्वय चरणमा रहेकोले त्यसलाई पुरा गर्नका लागि फेरी उम्मेदवारी दिएको उहाँले स्पष्ट पार्नुभयो ।
यस्तै सहकारी छानविन समितिको संयोजकको भुमिका निर्वाह गरेकोले चुनावमा चुनौती थपिएको छ नी ? भन्ने पत्रकारको जिज्ञासामा उहाँले तथ्य प्रमाणका आधारमा गरिएको छानविन प्रतिवेदन पेश गरिसकिएकोले त्यस बारेमा जुनसुकै ठाँऊमा जति वेला पनि बहस गर्न तयार रहेको प्रतिक्रिया दिनुभयो ।
Surya thapa
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्यूठानमा कृष्णध्वज खड्काले मनोनयन दर्ता गराउन भएको छ । मंगलबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खडकाले मनोनयन दर्ता गराउनुभएको हो ।
जेनजी आन्दोलनका मागहरु सम्बोधन गर्न र राजनीतिक स्थायित्व तथा राष्ट्रिय स्वाधिनताका लागी आफ्नो उम्मेदवारी रहेकोे प्रतिक्रिया दिनुभयो । संविधानलाई परिमार्जन गर्दै नयाँ नितीका साथ अघि बढ्ने बताउनु भयो ।
गणतन्त्रको सुध्रिढिकरण, राष्ट्रियताको रक्षा र संघियताको खारेजीका लागी आफ्नो उमेदवारी
राष्ट्रिय जनमोर्चाका तर्फबाट तिलक बहादुर जिसीले उमेदवारी दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा उपस्थित भएर जिसीले उमेदवारी दर्ता गराउनु भएको हो ।
गणतन्त्रको सुध्रिढिकरण, राष्ट्रियताको रक्षा र संघियताको खारेजीका लागी आफ्नो उमेदवारी रहेको दावी गर्नुभयो । जेनजी आन्दोलनका क्रममा उठेका भष्ट्राचार, अनियमितता र बेतिथीका बिरुद्ध उमेदवारी दिएको बताउनु भयो । प्यूठानको धर्तिपुत्र भएको दावी गर्दै उमेदवार जिसीले प्यूठानको भुगोल आफुले बुझेको बताउदै जनताका समस्या जनमोर्चाले बोकेको बताउनु भयो ।
Tilak Gc audio
राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट सुसान्त बैदिकको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बैदिकले रास्वपाका तर्फबाट उमेदवारी दिनुभएको हो । मनोनयन पछि पत्रकारसंग छोटो कुराकानी गर्दै सुसान्त बैदिकले युवाको चाहना र जेनजी आन्दोलनको उपलब्धीका लागी आफ्नो उमेदवारी रहेको बताउनु भयो ।
Sushant baidhik
यस्तै श्रम संस्कृती पार्टि, प्रलोपा, नेकपा संयुक्त लगाएतका दलका उमेदवारले पनि युवा र जनताका चाहना अनुसारको काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया