logo

  • १ मंसिर २०८२, आईतवार | Sun, 16 Nov 2025

  •      Listen Radio Live

    काठमाडौँ महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु

    काठमाडौँ महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘जेन–जी’ प्रदर्शनका क्रममा सडकमा यत्रतत्र छरिएका भग्नावशेष हटाउने कार्य सुरु गरेको छ ।

    फोहर तथा भग्नावशेष हटाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन र फोहर पन्छाउनेसहित १०० गाडी परिचालन गरिएको महानगरपालिकाअन्तर्गत वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

    प्रमुख राईका अनुसार कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वरलगायत स्थानका सडक सफा गर्ने काम भइसकेको छभने अन्य केही स्थानको सडक सफा गर्ने काम जारी छ । उहाँले भन्नुभयो, “हाल महानगरको सफाइ टोलीले कार्यालय र व्यक्तिको घर भने सफा गरेको छैन । सडक सफा गर्ने काम मात्र भइरहेको छ ।”

    जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट उपत्यकास्थित प्रहरी कार्यालयमा उल्लेखनीय क्षति पुगेको र ती स्थानसहित व्यक्तिको घर, सार्वजनिक भवन तथा कार्यालय सफा गर्न अझै समय लाग्ने विभाग प्रमुख राईले जानकारी दिनुभयो ।

    यसैबीच, महानगरपालिकाले सिसाजन्य तथा हानिकारक फोहरलाई व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।



    mandavionline mandavionline    
  • २७ भाद्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP