logo

  • २९ असार २०८३, सोमबार | Mon, 13 Jul 2026

  •      Listen Radio Live

    ‘राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण’

    ‘राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण’

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पु¥याउनुभएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताउनुभएको छ ।

    दुई सय१३औँ भानु जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भानुभक्तले नेपाली भाषामा अनुवाद गर्नुभएको रामायणसहित भक्तमाला, वधूशिक्षा, रामगीतालगायतका कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाउनुका साथै विभिन्न भूगोल, समुदाय र संस्कृतिलाई भाषिक सूत्रमा आबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह उल्लेख गर्नुभएको छ ।

    “आदिकविका सृजनाले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र नेपालीपनको भावलाई अझ सुदृढ बनाएको छ, संस्कृत भाषामा सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनसाधारणसम्म पु¥याउने उहाँको कार्यले नेपाली भाषाको श्रीवृद्धि मात्र होइन, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न पनि महत्वपूर्ण योगदान पु¥याएको छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

    विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पु¥याउनुभएको योगदानलाई उच्च सम्मान गर्दै भानु जयन्तीका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस अवसरमा आदिकविले देखिएको भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताको मार्गलाई आत्मसात् गर्दै समृद्ध, सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न मुख्यमन्त्री पाण्डेले सबैमा आग्रह गर्नुभएको छ ।



    mandavionline mandavionline    
  • २९ असार २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP