logo

  • २७ बैशाख २०८२, शनिबार | Sat, 10 May 2025

  •      Listen Radio Live

    विश्व रेडक्रस स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान

    विश्व रेडक्रस स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान

    विश्व रेडक्रस स्थापना दिवसको अवसर पारेर प्यूठानमा खुल्ला रक्तदान कार्यक्रम सम्प्न्न भएको छ । नेपाल प्यूठान रेडक्रस सोसाईटी प्यूठान शाखाको आयोजनामा जिल्ला अस्पताल बिजुवारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
    मानवताको पक्षमा” भन्ने मुल नाराका साथ मनाइएको स्थापना दिबशको अवसरमा जिल्ला अस्पताललाइ एक थान फिल्टर हस्तान्तरण गरिएको छ । अस्पतालमा आउने बिरामीका लागी स्वच्छ पिउने पानीको ब्यवस्था गर्न एक थान फिल्टर हस्तान्त्रण गरिएको हो ।
    शाखाका सभापती गुमानराज पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान अस्पतालका नि.प्रमुख डा.गोविन्द रावतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपशाखा प्रमुख तथा प्रतिनिधी, शिक्षक नायक लगाएतको सहभागीता रहेको थियो । कार्यक्रममा रेडक्रसका संस्थापक जाँ हेनरी ड्यूनाको जिवनी र विश्व रेडक्रस स्थापना दिवसको विषयमा शाखा सभापति गुमानराज पुलामीले प्रष्ट पार्नु भएको थियो ।



    mandavionline mandavionline    
  • २५ बैशाख २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP