logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    बाग्दुलामा समानता हेल्थ क्लिनिक सञ्चालनमा

    बाग्दुलामा समानता हेल्थ क्लिनिक सञ्चालनमा

    प्युठान. बाग्दुलाम समानता हेल्थ क्लिनिक एण्ड समानता फार्मेसी सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रममा बीच प्यूठान नगरपालिकामा मेयर बिष्णु योगीले किल्निकको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य क्षेत्र संबेदनसिल क्षेत्र भएकाले सहि ढंगले दुरदराजका नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गर्नुभयो ।

    कार्यक्रममा बोल्दै प्यूठान उघोग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले व्यावसायिक क्षेत्र लगानी अभाव भएका बेला सामुहिक लगानीमा शुरु गरिएको क्लिनिकको सफलताको शुभकामना दिनुभयो। बाग्दुला ब्यापारिक केन्द्रको रुपमा बिकास हुँदै गएकोले यस किल्निकबाट प्यूठान सहित अर्घाखाँची, गुल्मी, रोल्पा जिल्लाका सिमा क्षेत्रका स्थानीय समेत सेवा लिने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

    किल्निकबाट एमबिबिएस डाक्टर सहितको अत्याधुनिक ल्याब सेवा, डिजिटल भिडियो एक्स रे सेवा, ओपिडी तथा इमर्जेन्सी सेवा, फार्मेसी लगायतका सेवा संचालन भएको संचालक असिम मल्लले जानकारी दिनुभयो । मल्ल सहित रिमा जिसि, चित्रा केसि र जुना केसिले किल्निक संचालन ल्याएका हुन ।



    mandavionline mandavionline    
  • १७ बैशाख २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP