प्राथमिक स्वास्थ्य केन्द्र बरौलाको बरण्डामा टुसुक्क बसेकी ऐरावती गाउँपालिका ३ जावुनेकी पुडकी बि.क. अहिले ६१ बर्षकी हुनुभयो । उमेरले बुढ्यौली पछ्याउदै गर्दा पुड्की बिकका दुःखको दैनिकी भने अधबैशेबाटै सुरु भएको थियो । बायाँ आखामा मोतियाबिन्दु समस्या कहिलेबाट सुरु भएको एकिंग जानकारी उहालाइ छैन् । तर आधा दशकभन्दा धेरै समयदेखी उहा उक्त समस्यासंग जुध्दै आउनु भएको छ । गएको फागुनदेखी उहाको दायाँ आखा पनि धमिलो हुदै गयो । अन्तत दुबै आखाले साथ छोडेपछि पुड्कीका दैनिकी निकै कष्टकर बने । श्रीमान, छोरा बुहारीसगं बस्दै आउनु भएकी पुड्की बिकलाइ दैनिक दिसा पिसाव गर्न पनि सहारामा हिड्नुपर्ने अवस्था आयो । घरायसी काम त धेरै परको कुरा डिहडुल गर्न सम्म समस्या भयो ।
तर पुड्की बिकको जीवन अहिले फेरिएको छ । दुबै आखा नदेख्दा अन्धकार संसारमा बस्दै आएकी पुड्कीका लागी नयाँ संसार सुरु भयो । ऐरावती गाउँपालिकाको पुरनठाटी स्वास्थ्य चौकीमा निशुल्क आखा शिविर सञ्चालन भएको जानकारी जव उहाले पाउनु भयो । परिवारका एकजना सदश्यलाइ साथी बनाएर पुड्की गत बैशाख १० गते स्वास्थ्य संस्थामा आउनु भयो । नाम टिपाउनु भयो । चिकित्सकले आखाको जाच गरे । एकै पटक दुबै आखाको शल्यकृया नहुने भएपनि उहालाइ पहिले दायाँ आखाको शल्यकृया गर्न चिकित्सकले सुझाव दिए । चिकित्सकको सल्लाह बमोजिम ११ गते उहाको आखाको शल्यकृया भयो । आखाको मोतियोबिन्दुको सफल अर्पेशन भयो । अहिले पुड्की आखा देख्न सक्ने हुनु भएको छ ।
दुर्गम गाउँ जावुनेमा बर्षाैसम्म आखाको ज्योती बिना बिताएकी पुड्की शिविरमा आउदा निरास हुनुहुन्थ्यो् । जीवनकालमा कहिलेपनि अर्पेशन नगरेकी उहालाइ अर्पेशनका बिषयमा जानकारी पनि थिएन् । तर डाक्टरले हौषला प्रदान गर्दै बिरामीको चेकजाच गरेको उहाले सुन्नुभयो तव उहामा आत्मबल बढ्यो । आखाको ज्योती फर्कने र पुन्ह संसार नियाल्न पाइने कौतुहल्ता मनमा पलाउन थाल्यो ।
११ गते आखाको शल्यकृया भयो । डाक्टर र स्वास्थ्यकर्मिले अर्पेशन कक्षबाट उहालाइ डाहोर्याउदै बाहिर ल्याए । केहिबेर आखा दुखेको महसुस पनि भयो् । डाक्टरलाइ उक्त कुरा पनि सुनाइन् । तर अर्काेतिर आखामा लगाएको पट्टी निकाल्ने र चस्मा लगाएपछि सब ठिक हुने जानकारी पाएपछि उनी मनमनै दंग परिन ।
१२ गते बिहानै डाक्टरले अस्पताल आउन सुझाव दिएका थिए । १२ गते बिहानै साढे ६ बजे उनी स्वास्थ्य सस्थामा आइन् । डाक्टरले आखामा अघिल्लो दिन लगाएको पट्टी निकालिदिए । सधै अध्यारो र धुम्म देखिने आखाले एक्कासि सबैतिर सेतै देख्यो । अध्यारो हैन उज्यालो देखेको उनले सुनाएन । स्वास्थ्यकर्मिले आखाको सरसफाइ गरिदिए । आखामा चस्मा लगाइदिए । अनि उनले धुम्म परेको आखाले देख्न थालिन । एकछिन यताउता हेरीन् । अनि दंग मान्दै डाक्टरलाइ ध्यनवाद दिइन् । आखाको ज्योती फर्किएपछि दंग परेकी पुड्की बिक फर्कदा कसैले सहारा दिनु परेन् । आफै हिडेर घरसम्म पुगिन् ।
रुइत फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्रज्योती संघ लमही आखा अस्पतालको प्राविधिक सहयोगमा बैशाख १० र ११ गते पुरनठाटी स्वास्थ्य चौकीमा दुइदिने निशुल्क आखा शिविर सम्पन्न भएको छ । प्रोफेसर डाक्टर प्रदिप बास्तोलाको नेतृत्वमा आएको प्राविधिक टोलीले १ सय २४ जनाको आखाको मोतियाबिन्दुको शल्यकृया गरेको थियो । शिविरमा १२० महिना र १०७ पुरुष गरी २ सय २७ जना बिरामीले आखाको जाच गराएका थिए । जसमध्ये ६० जना महिला र ६४ पुरुष गरी १२४ जनाको मोतियोबिन्दुको अर्पेशन गरिएको थियो ।
प्रतिक्रिया