logo

  • २७ बैशाख २०८२, शनिबार | Sat, 10 May 2025

  •      Listen Radio Live

    सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव

    सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव

    महेन्द्रनगर । सामा–चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको पाँचौंँ दिन अर्थात् खडना (पञ्चमी) को रातदेखि कात्तिक पूर्णिमाको रातसम्म मनाउँछन् । यो पर्वको धार्मिक महत्वसहित यसमा मिथिला संस्कृति, परम्परा र समाजको भावना झल्किन्छ ।

    मिथिलाञ्चल क्षेत्रसहित जनकपुरमा बोलीचालीमा ‘सामा’ को अर्थ रमाइलो भन्ने हुन्छ । दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धि र दीर्घायुको कामना गर्दै सामा खेल्छन् । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम दर्शाउने यो पर्व करिब पाँच हजार वर्ष पहिले द्वापरयुगदेखि सुरु भएको मिथिला संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताउनुभयो ।



    mandavionline mandavionline    
  • २१ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP