logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    भारतीय गायक सोनु निगम काठमाडौँमा

    भारतीय गायक सोनु निगम काठमाडौँमा

    काठमाडौँ । भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको ह्यात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आउनुभएको छ । ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उहाँ काठमाडौँ आउनुभएको हो ।

    उहाँ एयरइन्डियाको विमानमार्फत आज दिउँसो २ः३३ बजे काठमाडौँ आइपुग्नुभएको हो । उहाँको १९ सदस्यीय साङ्गीतिक समूह ९ब्याण्ड मेम्बर० भने आज बिहानै आएका थिए । नेपाली टच नेपालको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् नेपाल आउनुभएका गायक निगमले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली दर्शकसँग साक्षात्कार गर्न आतुर रहेको प्रतिक्रिया दिनुभयो ।

    उहाँले भन्नुभयो, “मैले नेपाली गीत धेरै गाए पनि नेपालमा पहिलोपटक साङ्गीतिक कार्यक्रममा प्रस्तुत हुँदैछु । नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेको छ, म यसलाई स्मरणीय बनाउनेछु ।”

    आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्नसक्ने भएकाले ल्याइएको बताउनुभयो ।

    कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकट शूल्क राखिएको छ । गायक निगमले स्वर दिनुभएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’लगायत लोकप्रिय छन् ।



    mandavionline mandavionline    
  • १० पुष २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP